back
CTIZAN AD

पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई ‘सुगङ्गा पुरस्कार’

वि.सं.२०७४ जेठ ३० मंगलवार

1.1K 

shares

३० जेठ, बागलुङ । बागलुङमा स्थापित सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
निष्पक्ष र निडरतापूर्वक न्याय सम्पादन गरी समाजमा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको होे । यस्तै, ‘सुङ्गा सम्मान’ पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनलाई प्रदान गर्ने निर्णय भएको कोषका सदस्य सचिव ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

पत्रकारिता, अनुसन्धान र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानबापत् गौचन सम्मानित हुन लाग्नुभएको हो । पुरस्कृत र सम्मानित हुने दुबै व्यक्तित्वको गृह जिल्ला बागलुङ हो । आउँदो असार १८ गते बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा सो पुरस्कार र सम्मान प्रदान गरिने कोषले जनाएको छ ।

बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा २०६६ सालमा कोष स्थापना गर्नुभएको थियो ।
कोषले समाजका विशिष्ट व्यक्तित्वलाई दुई वर्षको अन्तरमा पुरस्कार र सम्मान प्रदान गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । दुई वर्ष अघि छैठौं सुगङ्गा पुरस्कार राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकलाई प्रदान गरिएको थियो । कोषले हालसम्म विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सुगङ्गा पुरस्कार र ६ जनालाई नै सुगङ्गा सम्मान प्रदान गरिसकेको छ । पुरस्कारको राशि रु २५ हजार पाँच रहेको छ । रासस

वि.सं.२०७४ जेठ ३० मंगलवार ११:५६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...