back
CTIZAN AD

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

वि.सं.२०८२ पुस ८ मंगलवार

876 

shares

काठमाडौं । थापाथलीको ट्रेड टावरमा रहेको ब्रिटीस कलेजले आफूहरुलाई ठगि गरेको उक्त कलेजमा अध्यायनरत बिद्यार्थीहरुले आरोप लगाएका छन् । कलेजको ब्यचलर अफ होटल म्यानेजमेन्टमा अध्यायनरत बिद्यार्थीहरुले सो आरोप लगाएका हुन ।

कलेजले बिद्यार्थी भर्नाको बेलामा इन्टर्नसिपमा विदेशका तारे होटलहरुमा लैजाने र त्यहाँ लबिमा इन्टर्नसिप गराउने भने पनि लेबर काममा लगाएको बिद्यार्थको आरोप छ ।
आफूहरुलाई समस्या परेको भनेर कलेजको व्यवस्थापनसँग कुरा गर्न खोजे पनि कलेज प्रसासन आफूहरुको कुरा सुन्न तयार नभएको उनिहरुको आरोप छ । कलेजमा शिक्षकभन्दा पनि माफियाहरु बढी रहेको आफ्नो अनुभब रहेको विद्यार्थीहरुले बताएका छन् ।

यो विषयमा कुरा गर्न खोज्दा कलेज प्रशासनले हामीसँग पनि कुरा गर्न चाहेन ।

विद्याथीको माग सम्बोधन गर्न तयार नभएपछि अनेरास्वयिुको हस्तक्षेप
पिडित विद्यार्थीको माग सुनुवाइ गर्न कलेज प्रशासन तयार नभएपछि ब्रिटीस कलेजमा अनेरास्वबियुले हस्तक्षेप गरेको छ । मंगलबार दिउँसो एमाले निकट अनेरास्वबियुका अध्यक्ष दिपक धामीको नेतृत्वमा कलेजमा हरुतक्षेप गरेको हो ।

अनेरास्वबियुको टोली कलेजमा पुग्दा कलेज प्रशासनका जिम्मेवार कोहि पनि थिएनन् । अघिल्लो दिन मेडीकल व्यवसायी दुर्गा प्रसाईंसँगै देखिएको कलेजका डाइरेक्टर महेन्द्रराज कंडेल र कोर्डिनेडर अमरदिप मण्डल कलेजमा थिएनन् । कलेजमा कोही पनि नभए पछि अनेरास्वबियुले कलेजमा ताला लगाउने तयारी गरेको छ ।

नेपालमा हाल करिब ९० वटा कलेज तथा शिक्षण सस्थाहरु बिदेशि शिक्षणसंस्था तथा कलेजसंग सम्बन्धन लिएर संचालनमा छन् । तिनीहरुमार्फतबाट वर्षेनी अर्बौं रुपैंया सम्बन्धन शिर्षकमा बिदेशिने गरेको तथ्याङ्क छ ।

अर्कोतर्फ नेपालमा झण्डै १४ विश्वबिद्यालयहरु छन् । शैक्षिक लगानीकर्ताहरु नेपालका विश्वबिद्यालयबाट भन्दा विदेशी विश्वविद्यालयबाट बढी फाइदा हुने देखेर विदेशि विश्व–विद्यालयबाट सम्बन्धन लिने गरेको आरोप छ । त्यस्तै, नामै नसुनिएका तथा कुनै संरचना नै नभएका विदेशी विश्व विद्यालयरुबाट संबन्ध लिएर कलेज संचालन गर्ने गरेको आरोप पनि कलजे सञ्चालकहरुलाई लाग्ने गरेको छ ।

याे पनि पढ्नुहाेस्

हुँदै नभएकाे विश्वविद्यालयको सम्बन्धनको नाममा नोभा कलेजमा पढाई

वि.सं.२०८२ पुस ८ मंगलवार १६:४० मा प्रकाशित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...