Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

हुँदै नभएकाे विश्वविद्यालयको सम्बन्धनको नाममा नोभा कलेजमा पढाई



काठमाडौं । मिनभवनस्थित नोभा इन्टरनेशनल कलेजले अस्तित्वमा नै नभएको विश्वविद्यालयबाट सम्बन्धन लिएको नाममा कलेज सञ्चालन गर्दै आएको खुलेको छ । उक्त कलेजले अमेरिकाको लुसियाना राज्यमा रहेको भनिने डेल्टा इन्टरनेशनल युनिभर्सीटी अफ न्यू ओर्लेन्सबाट सम्बन्धन लिएर बिबिए र एमबिए कोर्षहरु सञ्चालन गरेको बताउने गरेको छ । तर, नोभाले भनेको जस्तो डेल्टा इन्टरनेशनल युनिभर्सीटी अफ न्यू ओर्लेन्स अस्तित्वमा नै नरहेको पाइएको हो । जसले गर्दा उक्त कलेजमा पढ्ने विद्यार्थीको सर्टिफिकेटमाथि नै गम्भिर प्रश्न उठेको छ ।

अस्तित्वमै छैन डेल्टा इन्टरनेशनल युनिभर्सिटी अफ न्यू ओर्लेन्स

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसार न्यूजलाई विदेशका विश्वविद्यालयबाट शैक्षिक कार्यक्रमहरुको सम्बन्धन लिएर कलेज सञ्चालन गर्दै आएका कलेजहरुको विवरण उपलब्ध गराएको छ । जसमध्ये शिक्षा मन्त्रालयमा ०७७ माघसम्म आफ्नो तथ्यांक तथा कार्यक्रमको नविकरण गरेका ८५ वटा कलेजमध्ये नोभा इन्टरनेशनल कलेज पनि एउटा हो ।

सो कलेजले ४ वर्षे बिबिए र २ वर्षे एमबिए कार्यक्रम अमेरिकामा रहेको डेल्टा इन्टरनेशनल युनिभर्सिटी अफ न्यू ओर्लेन्सबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेको कुरा मन्त्रालयले संसार न्यूजलाई उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

तर, अमेरिकाको लुसियाना राज्यको बोर्ड अफ रिजेन्ट्सको एक्ज्युटिभ काउन्सिलले डेल्टा युनिभर्सिटी अफ न्यू ओर्लेन्स अस्तित्वमा नभएको स्पष्ट पारेको छ । युनिभर्सिटिको आधिकारिकताको विषयमा कलेजकै अभिभावकले ९ मे, २०२१ मा लुसियाना राज्यको बोर्ड अफ रिजेन्ट्समा पत्र पठाएका थिए । कलेजका अभिभावकले पठाएको पत्रको जवाफमा काउन्सिल भिक्टर जोन्सले सोही १४ मे तारिखको दिन जवाफ पठाएका थिए । जसको जवाफमा डेल्टा इन्टरनेशनल युनिभर्सिटी अफ लोरेन्स हाल अस्तित्वमा नरहेको स्पष्ट पारेको थियो । काउन्सिलले सो युनिभर्सिटी २००९ देखि २०१५ सम्म भने सो नामको युनिभर्सिटि सञ्चालनमा रहेको बताएको छ ।

No description available.

 

No description available.गूगल र फेसबुकमा पनि भेटिन्न कलेजको ठेगाना

न्यू ओर्लेन्स भन्ने ठाउँ अमेरिकाको लुसियाना राज्यमा पर्छ । तर, डेल्टा इन्टरनेशनल युनिभर्सिटी अफ न्यू ओर्लेन्सलाई वेवसाइटमा खोज्दा सो नामको युनिभर्सिटीको आधिकारिक विवरण कतै भेटिन्न । विकिपिडियाले लुसियाना राज्यमा रहेका युनिभर्सिटीहरुको विवरण आफ्नो वेवसाइटमा राखेको छ, तर त्यहाँ पनि डेल्टाको विवरण छैन ।

त्यस्तै गुगलबाट उक्त विश्वविद्यायको विषयमा जानकारी खोज्दा https://delta-university.org/ नामको वेवसाइट ठेगाना भेटिन्छ, तर सो वेवसाइट खुल्दैन् । जानकारहरुका अनुसार सो वेवसाइट वर्षौंदेखि खुल्ने गरेको छैन् । गुगल म्यापबाट यूनिभर्सिटिको नाममा दिइएको ठेगाना खोज्दा पनि त्यसको बारेमा कुनै पनि जानकारी प्राप्त गर्न सकिन्न ।

नोभा कलेजका एकेडेमिक डाइरेक्टर देवीचरण न्यौपानेले शिक्षा मन्त्रालयमा रहेको ठेगाना विवरणसँग नमिल्ने डेल्टा युनिभर्सिटीको परिचय उपलब्ध गराएका थिए । डाइरेक्टर न्यौपानेले उपलब्ध गराएको डेल्टा युनिभर्सिटीको वेवसाइटमा रहेको ठेगाना भने शिक्षा मन्त्रालयमा बुझाइएको विवरणभन्दा फरक छ ।

न्यौपानेले उपलब्ध गराएको https://deltauniversity.org/ वेबसाइटमा हेर्दा सो युनिभर्सिटीको ठेगाना लुसियाना राज्यको ओर्लेन्स नभएर क्यालिफोर्निया राज्यको गार्डेन ग्रोभमा रहेको छ । सो वेबसाइटमा लिंक गरेर राखिएको फेसबुक पेजमा जम्मा ५ लाइक गरिएको छ, भने सो पेज अन्तिम पटक २०२२ जनवरी २१ मा अपडेट गरिएको देखिन्छ ।

विश्वका युनिभर्सीटी र कलेजहरुको विवरण राख्ने युनिभर्सिटी डाइरेक्टोरी डट इयुले डेल्टा युनिभर्सिटीको विषयमा राखेको विवरणअनुसार सो युनिभर्सिटीको ठेगाना अमेरिकाको न्यू ओर्ल्यान सिटी रहेको देखाइएको छ । तर सो डाइरेक्टोरी वेवसाइटले राखेको वेवसाइट ठेगाना वर्षौंवर्षदेखि सञ्चालनमा आएको छैन् अर्थात खुल्दैन् ।

डाइरेक्टर न्यौपानेले उपलब्ध गराएको युनिभर्सिटीको वेबसाइटमा +1 949-409-9770 नं. को टेलिफोन नम्बर राखिएको छ । सो टेलिफोन नम्बरलाई ट्रिउकलरमा हेर्दा सो फोन नम्बर युनिभर्सिटीको नाममा नभएर लाइक्ली सेलको नाममा दर्ता भएको देखिन्छ ।

नोभाविरुद्व परेको उजुरी मन्त्रालयमा अलपत्र

नोभा कलेजको आधिकारिताको विषयमा प्रश्न उठाउँदै शिक्षा मन्त्रालयमा परेको उजुरी अलपत्र परेको देखिएको छ । गत ०७७ कात्तिक २६ मा नोभाका अभिभावकले कलेजको आधिकारिताको विषयमा अनुसन्धान गरि कारबाही गर्न माग गर्दै मन्त्रालयलाई पत्र लेखेका थिए । उनले मन्त्रालयलाई लेखेको पत्र अलपत्र अवस्था छ ।

मन्त्रालयमा दर्ता गराएको पत्रमा त्यतिबेला सम्मको समयमा नोभा इन्टरनेशनल कलेज भन्ने संस्थाको आधिकारिक तथ्यांक नै नरहेको कुराको विवरण राष्ट्रिय सुचना आयोगले उपलब्ध गराएको उल्लेख गरिएको छ । साथै उक्त पत्रमा अमेरिकाको डेल्टा इन्टरनेशनल युनिभर्सीटीले सम्बन्धन खारेज गरी मन्त्रालयमा समेत जानकारी दिएको कुरा उल्लेख गरिएको छ ।

तर, उक्त उजुरीको विषयमा मन्त्रालयले वेवास्ता गर्दै आएको देखिन्छ । मन्त्रालयका प्रवक्ता दिपक शर्मालाई सोध्दा आफुलाई सो विषयमा थाहा नभएको र त्यसको लागि उच्च शिक्षा महाशाखामा सोध्न अनुरोध गरे । उच्च शिक्षा महाशाखाका प्रमुख कमलप्रसाद पोख्रेललाई सो विषयमा सोध्दा उनले पनि आफु सो जिम्मेवारीमा नयाँ भएकाले धेरै कुरा थाहा नभएको बताए ।

No description available.

No description available.

 

के भन्छ नोभा इन्टरनेशनल कलेज ?

नोभा इन्टरनेशनल कलेजको विश्वविद्यालय सम्बन्धन आधिकारिकतामाथि देखिएको प्रश्नबारे सो कलेजका एकेडेमिक डाइरेक्टर देवीचरण न्यौपाने समक्ष कुरा गर्दा उनले आफ्नो कलेज अमेरिकास्थित डेल्टा इन्टरनेशनल युनिभर्सिटीमा आवद्ध रहेको र सो युनिभर्सिटी अस्तित्वमा रहेको बताए । विगतको कोभिडको आफ्नो कलेजको सम्बन्धनमा केही समस्या देखिएपनि अहिले समस्या नभएको उनले बताए ।

विश्वविद्यालयहरुको आधिकारिकताको मापन कसरी गर्छ शिक्षा मन्त्रालय ?

विदेशी विश्वविद्यालयहरुको आधिकारिकताको विषयमा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशबाट जानकारी लिई आधिकारिकता मापन गरि सम्बन्धन दिने प्रकृया रहेको मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख पोख्रलेलले बताए । तर कलेजहरुको नविकरण गर्ने प्रकृयामा भने सम्बन्धन लिएका विश्वविद्यालयहरुको अवस्थाको वारेमा अद्यावधिक गर्नुपर्ने नीति तथा नियमको व्यवस्था मन्त्रालयले गरेको छैन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ ले शिक्षण संस्थाको नविकरणको सम्बन्धमा अत्यन्तै फितलो व्यवस्था गरेको पाइएको छ ।

झुट्टा विश्वविद्यालयमा पढ्ने विद्यार्थीको सर्टिफिकेट के हुन्छ ?

नेपाली कलेजहरुले झुटा विश्वविद्यालयसँग सम्बन्धन लिएको नाममा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका रहेछन भने ती कलेजमा पढ्ने विद्यार्थीहरुको शैक्षिक योग्यताको विषय के हुन्छ ? भन्ने सन्दर्भमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मासँग प्रश्न गर्दा उनले यदि त्यसो पाइएमा त्यो ठगिमा कारबाही हुने र सर्टिफिकेट पनि कृत्य हुने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा