back
CTIZAN AD

साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ

वि.सं.२०७८ फागुन २९ आइतवार

882 

shares

भारतमा आयोजना हुने साफ यू–१८ ९अठार वर्षमुनि० महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् । डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँग खेल्ने तय भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

नेपाली टोलीमा प्रिती राई ९कप्तान०, सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या इस्माली मगर, दिपा शाही र हिमा रावत छन् ।

त्यसैगरी टोलीका अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिष्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइँ र गरिमा राई छन् ।

वि.सं.२०७८ फागुन २९ आइतवार १४:५४ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...