back
CTIZAN AD

सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह

वि.सं.२०७८ फागुन २९ आइतवार

759 

shares

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकामा जनता र राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न नपाएकोप्रति ध्यानाकर्षण गराउँदै सो आग्रह गरेका हुन ।

सभामुख सापकोटाले भने, “माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराएका छन् । संसद्लाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ ।” सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत संसदमा जारी अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

उनले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताए । एमालेले संसद्को चालु अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन २९ आइतवार १५:२६ मा प्रकाशित

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा...

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले...