back
CTIZAN AD

१०१ अकंले बढ्यो नेप्से, ५ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ फागुन २९ आइतवार

837 

shares

१६ माघ, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको पहिलो दिन आइतबार उछाल आएको छ । आज बजार परिसूचक १०१ दशमलव ०७ अकंले बढेर समग्र परिसूचक २६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १६ दशमलब ६७ अकंले बढेर ५०९ दशमलब ९० बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैंयाँ बराबरका ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६४ हजार ६ सय ३५ पटक लेनदेन भएको छ ।

आज कारोबार रकमको आधारमा शिवम सिमेन्ट, अपी पावर, आईसिएफी फाइनान्स, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, आईसिएफी फाइनान्स, शिवम सिमेन्ट, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ५ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एशियन लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ फागुन २९ आइतवार १५:२६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...