back
CTIZAN AD

पीडितका परिवारलाई क्षतिपूर्ति दिने सहमति

वि.सं.२०७८ फागुन २९ आइतवार

768 

shares

मुग्लिन । फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई रु १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।

शुक्रबार साँझ शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर इच्छाकामना–२ रमाइलो डाडाँमा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा इच्छाकामना–३ का ३० वर्षीय तृर्की गुरुङ र उनका ५ वर्षीय छोरो आरोन तथा इच्छाकामना–२ का २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकरीका अनुसार घटना लगत्तै ट््याङ्करका चालक रत्ननगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।

वि.सं.२०७८ फागुन २९ आइतवार १५:४१ मा प्रकाशित

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका...

पशु चौपायमा कृत्रिम गर्भाधान 

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन । जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान...