back
CTIZAN AD

बूढानीलकण्ठ टिम च्याम्पियन

वि.सं.२०७८ फागुन २९ आइतवार

834 

shares

२९ फागुन, काठमाडौँ । आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भएको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका प्रतियोगिता संयोजक उद्धव थापा मगरले जनाएका छन् । सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताअन्तर्गत प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अन्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए । फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते । अन्जलीले दोहोरो स्वर्ण जितिन् । अन्जलीले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान कब्जा गरिन् ।

उत्कृष्ट चारैलाई नेपाल उमा कुङफु संघले खाना/बस्न सुविधासहित चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले प्रतिबद्धता जनाए ।

विजेतालाई पूर्व मन्त्री पार्वत गुरुङ, प्रतियोगिता संयोजक उद्धव थापा मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा डेन्मार्कबाट प्राप्त टाइची प्रशिक्षकको प्रमाण पत्र भाइराजा महर्जन र सान्तारत्न तुलाधरलाई हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईको नेतृत्वमा १७ सदस्यीय निर्णायक टोली परिचालन गरिएको थियो । अफिसियलको पोशाक पोइजन जिन्सका प्रोप्राइटर जनक कार्कीले प्रायोजन गरिदिएका थिए ।

वि.सं.२०७८ फागुन २९ आइतवार १५:५८ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...