back
CTIZAN AD

मगर संघ यूके यूएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना

वि.सं.२०७८ फागुन २९ आइतवार

693 

shares

बेलायत । मगर संघ यूके यूएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना चयन भएका छन् ।

मार्च १२ मा सम्पन्न शाखाको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षद्वयमा बीर बलाल, धन रोका, सचिव गणेश बुढाथोकी, सहसचिवद्वयमा शेष पल्ली, मिन राना, कोषाध्यक्षमा गोप सिन्जाली र सहकोषाध्यक्षमा पार्वती थापा चयन भएका छन् ।

No description available.

यस्तै एडमिन सेक्रेटरीमा ऋषिराम राना, असिस्टेन्ट एडमिन सेक्रेटरीमा जमुना पुन राना, सांस्कृतिक सचिवमा गीता पाइजा, सांस्कृतिक सहसचिव शिला थापा, खेलकुद सचिव पञ्च पुन, सहसचिवमा रोहित राना चयन भएका छन् भने प्रोपर्टी सेक्रेटरीको जिम्मेवारी गुन थापा र लेडिज प्रोपर्टी सचिवको जिम्मा पार्वती काउछाले पाएका छन् ।

यस्तै सदस्यहरुमा जमुना थापा, सुनिता भुजेल, बागबिर पुन, नानु राना, विपना पुन (युवा), जसिमा पुन (युवा), विष्णु पुन, हरिबाबु थापा, सुमन श्रीष (युवा) रहेका छन् छन् ।

संस्थाकी निबर्तवान अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको निबर्तमान सचिव बिर बलालले सन्चालन गरेका थिए ।

No description available.

मेजर रि पुर्व मगर संग युके अध्यक्ष तथा केन्द्र र साखाका ट्रष्टी कुल थापाको प्रमुख नेतृत्वमा रहेको निर्वाचन समितीको सचिवमा मगर संग युकेका सल्लाहकार तथा साखाका ट्रष्टी ओम थापा काउचा र सदस्य सचिवमा साखाका पूर्वअध्यक्ष रहेका थिए भने मगर संघ युके र साखाका ट्रष्टी रहेका के रि ताम ढेगाको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिती चयन गरिएको हो ।

मगर संघ यूकेको तर्फबाट निर्वाचन परिवेक्षक रहेकी उपाध्यक्ष छविमाया पुनले उत्साहजनक, पारदर्शी र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका साखाका सस्थापक अध्यक्ष तथा हाल मगर संघ यूकेका अध्यक्ष सुनिल रानाले निर्वतमान अध्यक्ष हेमा रानाले कोरोना महामारीको अवस्थामा पनि नमुना नेतृत्व बनेर काम गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यसमितिको. ऐक्यबद्धता र सक्रियताको परिणाम भएको बताए ।

मन्तव्यकै क्रममा निर्वतमान अध्यक्ष हेमा रानाले आफुले शाखाको नेतृत्वको जिम्मेवारी सफलतापूर्वक निभाउन कुनै कसर बाँकी नराखेको तथा महामारीका बेला ज्यानको बाजी राखेर आफ्लाई सघाउने सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिएकी थिइन् । उनले संस्थाको नेतृत्वका क्रममा आफुले नारी पनि केही कम छैनन् भन्ने सावित गरेर देखाएको बताइन् ।

No description available.

त्यसैगरी साखाका ट्रष्टी तथा निर्वाचन समितिका सचिव ओम थापा काउचाले साखाको (निर्देशिका) को हरेक बुँदामा छलफल गराउदै केही बुँदा संशोधन गर्दै सर्वसहमतबाट पास गराएका थिए । उनले मगर संघ (केन्द्रको हेडक्वाटर र मेरुदण्ड भनेकै साखाहरु रहेको बताउँदै नयाँ कार्यसमितिले सचेतताका साथ कामगर्नु पर्ने बताए ।

No description available.

काउचाले बेलायतकै ईतिहासमा मगरको छोरा संघका पूर्वअध्यक्ष नेम थापा मगरलाई लोकल स्थानिय राजनीतीमा रशमोर काउसिलको चेयारिवडको काउसिलर बनाउन सफल भएको बताउँदै काउन्सीलर पदमा चेरिउड वडबाट उठेकी श्रीमती सुमन पुनलाई विजयी गराउन एकजुट भएर लाग्नु पर्ने बताएका थिए । उनले नेपाल आइडल सिजन ४ को फाइनलमा पुग्न सफल भएका भुपेन्द्र थापा मगर लाई बिजय बनाउन समेत संसारका नेपालीलाई अनुरोध गरेका थिए ।
मगर संघ युकेका ट्रष्टी तथा शाखाका सल्लाहकारहरू गोमा राना, जगत थापा सल्लाहकार शाखा के.री बिर गाहा मगर, टेक थापा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै सचिव बिर बलालले संगठन प्रतिवेदन र कोषाध्यक्ष गणेश बुढाथोकी ले पेश गरेको आयोगको प्रतिवेदन सर्वसम्मतिले पास गरिएको थियो । त्यर्सैगरी नवनियुक्त अध्यक्ष ऋषिराम रानाले आफुलाई विस्वास गरेर संस्थाको नेतृत्वमा पुग्न सहयोग गर्ने सम्र्पूर्णमा आभार व्यक्त गर्दै निर्वाचन मण्डललाई विशेष धन्यवाद दिएका थिए ।

 

वि.सं.२०७८ फागुन २९ आइतवार १६:१० मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय...