back
CTIZAN AD

वडा कार्यालयलाई एक करोडको जग्गा दान

वि.सं.२०८२ पुस १३ आइतवार

414 

shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।

छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनकका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।

“साविक हिस्तान गाविसको साविक पाँचवटै टोलको भेलाबाट सहमति जुटाई तीन वर्षअघि उहाँहरुले जग्गा दानको घोषणा गरेका थिए, जुन अहिले प्रक्रिया पूरा गरिएको हो”, उनले भने, “गाउँपालिकाले रु एक करोड ३९ लाख लागत अनुमानको हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान गरेको छ ।”

वि.सं.२०८२ पुस १३ आइतवार १३:२० मा प्रकाशित

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...