back
CTIZAN AD

नेपाललाई ‘युक्रेन’ बनाउन खोजिँदैछ : झलनाथ खनाल

वि.सं.२०८२ पुस १७ बिहीवार

276 

shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै राष्ट्रिय एकताको आह्वान गरेका हुन्।

अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको भन्दै खनालले विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउन सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने खनालको आह्वान छ ।

वि.सं.२०८२ पुस १७ बिहीवार १२:३९ मा प्रकाशित

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

मुस्ताङबाट नेपाली कांग्रेसका गौचनको जित

मुस्ताङबाट नेपाली कांग्रेसका गौचनको जित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको छ ।...

पर्सा– ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

पर्सा– ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

वीरगञ्ज (पर्सा) । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३...