back
CTIZAN AD

सुनसरीको लौकहीबजार तनावग्रस्त, सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

वि.सं.२०८२ पुस १७ बिहीवार

624 

shares

काठमाडाैँ । सुनसरीको लौकहीबजार क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन्।

गएराति करिब १ बजे कोशी गाउँपालिका–१ अन्तर्गत पुरी टोलमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाउँदा ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। साह सिटी सफारी चालक रहेको जनाइएको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन्। भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायरसमेत गरेको बताइएको छ।

सशस्त्र प्रहरीले सिटी सफारीमार्फत राति तस्करीको सामान ल्याइँदै गरेको आशंकामा रोक्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनु परेको दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर विजय साहको मृत्यु भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतक साहको शव अझै उठाउन नदिएको स्थानीयवासीले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

क्षेत्रमा थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

 

वि.सं.२०८२ पुस १७ बिहीवार १२:१९ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...