back

साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंक घट्यो

वि.सं.२०८२ पुस १७ बिहीवार

264 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको हो । यो ०.४८ प्रतिशतको गिरावट भएको छ ।

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका हुन् ।

बिहीबार कुल तीन सय ३६ धितोपत्रको ६४ हजार चार सय सात कारोबारबाट एक करोड एक लाख ५३ हजार दुई सय २६ कित्ता सेयर किनबेच एको छ ।
कारोबार रकम चार अर्ब ७१ करोड ३९ लाखमा खुम्चियो । जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ प्रतिकित्ता पुग्यो ।
यसबाहेक एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड, कालिका पावर कम्पनी सहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

वि.सं.२०८२ पुस १७ बिहीवार १६:४३ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

नेप्से सूचक उल्लेख्य अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो

नेप्से सूचक उल्लेख्य अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३...

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित...