back
CTIZAN AD

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

वि.सं.२०८२ पुस २ बुधवार

705 

shares

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो ।

निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीयबासिन्दालाई शेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थागित भएका जानकारी दिए । स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोेत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ शेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए ।

वि.सं.२०८२ पुस २ बुधवार १७:०१ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...