back
CTIZAN AD

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न, बजेट तथा कार्यक्रम संशोधन सर्वसम्मत पारित

वि.सं.२०८२ पुस १९ शनिवार

693 

shares

देवचुली । देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधनसहितको हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेकाे विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधन प्रस्तावहरूमाथि छलफलपछि नगर प्रमुख न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न आह्वान गरेका थिए । सो क्रममा नगरसभा सदस्यहरूले ‘हुन्छ’ भन्ने मत राखेसँगै सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको नगर प्रमुख न्यौपानेले सभालाई जानकारी गराए ।

नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । साथै उनले हालसम्मको वित्तीय प्रगति समीक्षा गर्दै नगरपालिकाका विभिन्न शाखाबाट भएका ४० बुँदे प्रगति विवरण पनि प्रस्तुत गरे ।

नगरसभाको छलफलका क्रममा नगरसभा सदस्यहरूले विभिन्न कार्यक्रम तथा बजेटका विषयमा जिज्ञासा व्यक्त गरेका थिए । उठेका सवालहरूबारे नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारी तथा प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले प्रष्ट पारेका थिए ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले गरेका थिए ।

वि.सं.२०८२ पुस १९ शनिवार १७:१० मा प्रकाशित

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...