back

भेनेजूएलामाथिको आक्रमण, अमेरिकी लोकतन्त्रकै धज्जी – बुद्धिजीवी संगठन

वि.सं.२०८२ पुस २० आइतवार

2.2K 

shares

काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनले भेनेजूएलामाथिको आक्रमणलाई अमेरिकी लोकतन्त्रकै धज्जी भनेको छ ।

संगठनको वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीद्वारा जारी विज्ञप्तिमा संयूक्त राज्य अमेरीकाद्धारा गणतन्त्र भेनेजूएलामाथि ३ जनवरी २०२६ (१९ पौष २०८२) मा गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलास मादुरोमाथि गरेको आक्रमण अमेरिकी लोकतन्त्रकै धज्जी भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ :–
संयूक्त राज्य अमेरीकाद्धारा गणतन्त्र भेनेजूएलामाथि ३ जनवरी २०२६ (१९ पौष २०८२) मा गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलास मादुरोमाथि गरेको ज्यादतीप्रति नेपाल बुद्धिजीवी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरीकाको यो कारवाहि कथित अमेरिकी लोकतन्त्रकै धज्जी, विश्व शान्तिका आधारभूत मान्यताको बर्खिलाप तथा संयूक्त राष्ट्रसंघको बडापत्रमाथिको ठाडो दादागिरी हो ।

गणतन्त्र भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको आक्रमणबाट विश्वभरका न्यायप्रेमी जनसमुदायलाई चिन्ता थपेको छ । प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउने कुत्सियतका साथ भएको अमेरीकी आक्रमणपछि विश्व समुदाय र संसारभरबाट भेनेजूएलाको अवस्थाबारे भावपुर्ण चासो बढेको छ । विचलीत नभैकन नांगो आक्रमणको धैर्यतापूर्वक सामना गर्ने र बाह्य हस्तक्षेपविरुद्ध दृढतापुर्वक लाग्ने भेनेजुएली जनता तथा आक्रमणविरुद्ध प्रदर्शन गर्ने अमेरीका लगायत बिश्वभरका जनताप्रति हाम्रो संगठन ऐक्यबद्धता जाहेर गर्दछ ।

राष्ट्रहरुबिचको समानान्तर सह–अस्तित्वलाई स्विकार्दै भेनेजुएली जनताको सार्वभौमिकताको सम्मान गर्न, आक्रमणबाट भएको महागल्ती सच्याउन, सैन्य हस्तक्षेप रोक्न, अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको सम्मान गर्दै अपहरित राष्ट्रपति मादुरो र उहाँकी पत्नी सिसिलीया फ्लोरेसको रिहा गर्दै अराजकता नियन्त्रण गर्न अमेरीकालाई आग्रह गर्दछौं । साथै मानव सभ्यता विरोधि नांगो आक्रमण रोक्ने वातावरणका लागि अविलम्ब पहल गर्न सयुक्त राष्ट्रसंघ र विश्व समुदाय समक्ष अपिल गर्दछौं ।

वि.सं.२०८२ पुस २० आइतवार १९:५८ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर काठमाडौँ । नेपाल...

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने 

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने 

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

उद्यमशिलतामा महिला सहभागिता

उद्यमशिलतामा महिला सहभागिता

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

कांग्रेसको राष्ट्रियसभा उम्मेदवार सूची पक्का

कांग्रेसको राष्ट्रियसभा उम्मेदवार सूची पक्का

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना...