back

उद्यमशिलतामा महिला सहभागिता

वि.सं.२०८२ पुस २३ बुधवार

267 

shares

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौतीको समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाज सबैको साझा प्रयास अपरिहार्य रहेको बताएका छन् ।

नीति रिसर्च प्रा.लि.को आयोजनामा सम्पन्न ‘स्टार्टअपमा महिला ः अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले पछिल्लो समय महिलाका लागि स्टार्टअप क्षेत्रमा नयाँ–नयाँ सम्भावनाका ढोका खुलेको उल्लेख गरे ।

उनले सामान्य व्यक्तिहरु भन्दा फरक प्रकृतिको शारिरिक चुनौति लिएर हिडेका महिलाहरुले उद्यमशिताको विषयमा लिएको अग्रसरता प्रसंसा योग्या भएको बताए । मन्त्री सिन्हाले कृषि, पर्यटन, सूचना प्रविधि तथा सिर्जनात्मक उद्योगमा महिलाले आफ्नो सीप, ज्ञान र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था देखिन थालेको बताए ।

उनले आजपनि धेरै उद्यमी महिलाहरु वित्तीय पहुँचको अभाव, सामाजिक सोच, पारिवारिक जिम्मेवारी र नीतिगत जटिलतासँग जुधिरहेको यथार्थ औंल्याए । यी समस्या महिलाको क्षमता कमजोर भएर नभई संरचना र प्रणालीका कमजोरीका कारण उत्पन्न भएको उनको धारणा थियो ।

कार्यक्रमका श्रोतव्यक्ति तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरे । उनले पुरुषको तुलनामा महिलाले गरेका व्यवसायहरु सफल हुने गरेको ठोकुवा गरे ।

निर्देशक गुप्ताका अनुसार स्टार्टअप नीति २०८१ स्वीकृत भएसँगै औद्योगिक व्यवसाय ऐनमार्फत कानूनी व्यवस्था गरिएको छ भने विनियोजन ऐन २०८१ अनुसार स्टार्टअप कर्जा कार्यविधि कार्यान्वयनमा आएको छ ।

गत आर्थिक वर्ष स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत १ हजार ६ सय ५८ जनाले आवेदन दिएकामा १ सय ६५ जनाले कर्जा प्राप्त गरेका थिए । तीमध्ये ८५ जना महिला उद्यमी थिए । यस्तै आर्थिक चालु आर्थिक वर्षमा कर्जा पाउनेको संख्या बढेर ६ सय पुगेकोमा २ सय ३१ जना महिला उद्यमी रहेका छन् ।

प्रतिष्ठानले ‘स्टार्टअप नेसन २०३०’ अभियान अन्तर्गत सन् २०३० सम्म १० हजार स्टार्टअप प्रवद्र्धन गरी १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यस अभियानमार्फत नेपाललाई स्टार्टअपमैत्री राष्ट्रका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्य राखिएको छ।

कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल (एफवीन) की निर्वतमान अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअप कर्जाले महिलालाई व्यवसाय सुरु तथा विस्तार गर्न सहज बनाएको उल्लेख गरिन । उनले आफ्नै उत्पादनलाई आफैले प्रयोग गर्न केही उद्यमीहरु हिचकिचाउने गरेको बताइन् ।

नेपाल महिला चेम्बरकी उपाध्यक्ष आरुश्री शर्मा खतिवडाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू समेत उद्यमशीलतामा आकर्षित भइरहेको अनुभव साझा गरिन् । उनले नेपालमा महिला उद्यमी हुनुपर्ने भन्दा कम भएपनि पछिल्लो समय प्रविधिको विकास, डिजिटल अवार्डनेस, बदलिँदो सामाजिक सोँचका कारण स्टार्टपबाट महिलाहरु आफ्नो पहिचान बनाउन थालेको बताइन् ।

नीति रिसर्च प्रा.लि.का निर्देशक वासुदेव न्यौपानेले यो अन्तरक्रिया औपचारिक छलफलमा सीमित नभई महिला उद्यमशीलता प्रवद्र्धन, आत्मनिर्भरता अभिवृद्धि र समावेशी आर्थिक विकासतर्फको महत्वपूर्ण पहल भएको बताए । उनले यस्ता कार्यक्रम नीति रिसर्चले सातै वटा प्रदेशमा गर्ने योजना बनाएको समेत बताए ।

कार्यक्रममा उठेका धारणा र तथ्याङ्कले नेपालमा स्टार्टअप क्षेत्रमा महिलाका लागि अवसर बढ्दै गए पनि संरचनागत चुनौती र स्टार्टअपसम्बन्धी जनचेतनाको कमी अझै विद्यमान रहेको निष्कर्ष निकालिएको छ ।

 

वि.सं.२०८२ पुस २३ बुधवार १६:२४ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

नवरपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा आगामी पौष २५ गतेदेखि...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

फिन्टेक एक्स्पाे २०२६मा जे देखियाे !

फिन्टेक एक्स्पाे २०२६मा जे देखियाे !

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुले प्रयोग गर्ने सूचना प्रविधिहरुसँग...

कृषि क्षेत्रलाई उकास्न अधिकार सम्पन्न कृषि प्राधिकरण आवस्यक छः सिइओ ढकाल

कृषि क्षेत्रलाई उकास्न अधिकार सम्पन्न कृषि प्राधिकरण आवस्यक छः सिइओ ढकाल

  काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...