back
CTIZAN AD

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २४ बिहीवार

588 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा स्थिरता आउने दिन हो । हिजो देखिएका अन्योलहरू क्रमशः हट्नेछन् । आत्मविश्वास बढ्नेछ । आर्थिक पक्ष सामान्य रहला । परिवारको सल्लाह उपयोगी बन्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र संयम आवश्यक पर्ने दिन हो । खर्च बढ्न सक्छ, तर आवश्यक काममै हुनेछ । पारिवारिक वातावरण सहयोगी रहनेछ । स्वास्थ्यतर्फ खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट र संवादबाट फाइदा मिल्ने दिन हो । नयाँ सूचना वा प्रस्ताव प्राप्त हुन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । हतारमा निर्णय नगर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ । मन भावनात्मक भए पनि सन्तुलन कायम रहनेछ । कामकाजमा सामान्य प्रगति देखिन्छ । आरामलाई बेवास्ता नगर्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा प्रशंसा र सम्मान पाउने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्ने संकेत छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नम्र व्यवहारले सम्बन्ध मजबुत बनाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको दिन हो । आजको मेहनतले भविष्यमा राम्रो फल दिने संकेत छन् । योजना निर्माण र अध्ययनमा मन जानेछ । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य तथा पारिवारिक जीवनमा संवादले समस्या समाधान हुन सक्छ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्कता अपनाउनु उपयुक्त हुन्छ । धैर्य राखे परिस्थिती अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कामकाजमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सिर्जनशील सोच र नयाँ योजनाले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । विवेक अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष २४ गते, बिहीबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २४ बिहीवार ०६:५६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...