back
CTIZAN AD

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

वि.सं.२०८२ पुस २५ शुक्रवार

609 

shares

काठमाडौँ । पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहयात्रा ।

विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा यस सहयात्राको संवादको भूमिकामा रहनुभएका प्रतिनिधिसभाका पूर्व सांसद एवं रास्वपाका नेता असिम शाहसँग संवाद गरेको छ ।

फरक पृष्ठभूमि, फरक स्वभाव र फरक राजनीतिक यात्राका दुई पात्र बालेन्द्र शाह र रवि लामिछानेको एकै राजनीतिक सहयात्रा सुरु भइसकेको छ । सोही सहयात्राको पहलका लागि ‘पोस्टम्यान’को भूमिका आफूले खेलेको पूर्व सांसद शाहले बताए ।

संवादका क्रममा उनले दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू र अर्का सहकर्मी, आफनै दाजु आसिफ शाहले गरेको पहल स्मरण गरे । औपचारिक वार्ताले मात्र नभइ विश्वासले एकता सम्भव भएको उनकोे तर्क छ । उनीकाअनुसार राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको हो ।

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्तत सभापति रिहा भए । पुस ७ गते भेट सम्भव भयो । कति समय मिडियाबाट जोगिँदै, स्थान परिवर्तन गर्दै राति गरिएको भेटले नयाँ राजनीतिक समीकरणको आधार तयार ग¥यो ।”

यस सहयात्रा चुनावी रणनीति मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको सङ्केत हो भन्ने प्रश्नमा नेता शाहले भने, “सात÷आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रालाई दीर्घकालीन बनाएको छ ।”

शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउँछन् । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उनको छ । वैकल्पिक शक्ति छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि दाजु आसिफ र आफूले पहल थालेको उनको भनाइ थियो । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्ति एक ठाउँमा उभिने क्रमलाई जारी राखेको बताए ।

“छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो । आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो,” उनले भने । निर्वाचनअघि नै कतिपयले रास्वपा प्रधानमन्त्री र सरकार बनाउन हतार गरेको भन्ने प्रतिक्रियामा आफूहरु स्पष्ट रहेको उनले बताए ।

उनकाअनुसार सहयात्राको मुख्य राजनीतिक सन्देश नै दुई तिहाइको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ । “एक महिना अघि देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको छ”, उनले भने, “बालेन पक्ष चुनावका लागि अत्यन्तै निर्णायक छ । देशभर फैलिएको ऊर्जाले चुनाव टार्ने तत्वहरूलाईसमेत पछि हट्न बाध्य बनाएको छ ।”

वि.सं.२०८२ पुस २५ शुक्रवार १३:१० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...