back
CTIZAN AD

इलाममा दोस्रो यामको चिया टिपाइ सुरू

वि.सं.२०७४ जेठ ३१ बुधवार

738 

shares

teas

३१ जेठ, इलाम । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ ।

अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।

जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका छन् । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना धेरै भएकाले यस पटक हरियोपत्तीको अभाव खेप्नु परेको छैन ।

अग्र्यानिक कारखानाले भने वर्षभरि एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो रु ६० मा कारखानाले चियापत्ती खरिद गर्छन् । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टी प्रोडयुसर्स प्रालिका ओम काफ्लले बताउनुभयो । क्षमताभन्दा धेरै हरियोपत्ती सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

श्रीअन्तु र आइतबारेमा रहेको इलाम टी कारखानामा दैनिक १६ हजार किलो हरियोपत्ती सङ्कलन भइरहेको छ । अघिल्लो वर्ष ४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । चियालाई चाहिने विभिन्न तत्वको कमी हँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउने गरेको चिया कृषक मोतीराम दाहाल बताउनुहुन्छ ।

जिल्लामा दुई दर्जन ठूला कारखाना रहेको छ भने साना र मझौला कारखाना थपिने क्रम बढेको छ । फागुनको अन्तिम सातादेखि वर्षा भइरहेकाले तुलनात्मक रुपमा चियाको उत्पादन बढेको छ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार ०७:५६ मा प्रकाशित

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वादको पुनरुत्थान

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वादको पुनरुत्थान

काठमाडाैँ । आधुनिक भान्सामा विदेशी परिकारको दबदबा बढिरहेको वर्तमान समयमा,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...