back

सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै

वि.सं.२०७४ जेठ ३१ बुधवार

738 

shares
IME Limited
NTC AD

३१ जेठ, इटहरी । दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ ।
राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।

चार लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र छवटा गाउँपालिका छन् । निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधि छानिएर आउनेछन् ।

केही दलले उम्मेदवार चयनमा ढिलाइ गरेकाले उम्मेदवारलाई प्रचारप्रसारमा हम्मेहम्मे परिरहेको पाइएको छ । हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा (एमाले) र नेकपा –(माओवादी केन्द्र)ले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

सबै राजनीतिक दलमा भएको ध्रुवीकरण र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने एवम् विभाजनका कारण निर्वाचनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

राजनीतिक विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत माग्ने क्रमसंगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।

सबै राजनीतिक दलले आ–आफ्नो वर्चश्व देखाउनका लागि शहर बजारमा आफूखुशी तुल, ब्यानर र झन्डा झुन्ड्याउने, भेस्ट तथा टोपीको प्रयोग गर्ने कामले प्रश्चय पाएको छ ।

उता राजपाले जनभावना बिपरित आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि बढाएपनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर समूह । समूहमा पार्टीको झन्डा र चुनाव चिन्ह लिएर घर दैलो पुग्ने होडबाजी बढीरहेको छ ।
कतिपय गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै काँगेस, एमाले, माओवादी र राप्रपाले मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान चुनावमा केन्द्रीत बनेको छ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०८:१२ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...