back

इलाममा दोस्रो यामको चिया टिपाइ सुरू

वि.सं.२०७४ जेठ ३१ बुधवार

423 

shares
IME Limited
NTC AD

teas

३१ जेठ, इलाम । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ ।

अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।

जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका छन् । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना धेरै भएकाले यस पटक हरियोपत्तीको अभाव खेप्नु परेको छैन ।

अग्र्यानिक कारखानाले भने वर्षभरि एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो रु ६० मा कारखानाले चियापत्ती खरिद गर्छन् । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टी प्रोडयुसर्स प्रालिका ओम काफ्लले बताउनुभयो । क्षमताभन्दा धेरै हरियोपत्ती सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

श्रीअन्तु र आइतबारेमा रहेको इलाम टी कारखानामा दैनिक १६ हजार किलो हरियोपत्ती सङ्कलन भइरहेको छ । अघिल्लो वर्ष ४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । चियालाई चाहिने विभिन्न तत्वको कमी हँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउने गरेको चिया कृषक मोतीराम दाहाल बताउनुहुन्छ ।

जिल्लामा दुई दर्जन ठूला कारखाना रहेको छ भने साना र मझौला कारखाना थपिने क्रम बढेको छ । फागुनको अन्तिम सातादेखि वर्षा भइरहेकाले तुलनात्मक रुपमा चियाको उत्पादन बढेको छ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार ०७:५६ मा प्रकाशित

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

रैथाने धान लगाउने किसानलाई अनुदान

रैथाने धान लगाउने किसानलाई अनुदान

बलेवा (बागलुङ) । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत...