back

बालविवाहको असर ः पढ्ने बेलामा छोराछोरीे हेरचाह

वि.सं.२०७४ जेठ ३१ बुधवार

561 

shares
IME Limited
NTC AD

३१ जेठ, पाल्पा । जनचेतनाको अभावमा यहाँका बालिका १५÷१६ वर्षको उमेरमा पहिले बच्चा जन्माउँछन्, २० वर्षको उमेरमा दुई छोराछोरीका आमा बन्छन्, स्कुल पढ्ने समय बालबच्चाको हेरचाहमा बित्छ भन्दा अब अनौठो मान्नुपर्ने अवस्था छैन ।

पाल्पा रैनादेवी छहरा गाउपालिका–६, ७, र ८ बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रमा जनचेतनाको कमीले कम उमेरमा भागेर विवाह गर्ने र कमै उमेरमा सुत्केरी हुने गलत परम्परा अझै रोकिएको छैन । बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रका बालबालिका स्कुल पढ्ने, मेलापात, गोठालो जाँदाखेरी मायाप्रेम लागेपछि भागेर विवाह गर्ने चलन बढी छ । विवाहपछि अधिकांश ७÷८ कक्षामा नै विद्यालय छाड्ने गर्दछन् । छोरा मान्छे विदेश पैसा कमाउन जानुपर्ने र छोरी मान्छे बालबच्चा हुर्काउन व्यस्त हुनुपर्ने बाध्यता छ ।

पाल्पा जिल्लाको पश्चिम भेग अवस्थित शिक्षा, सञ्चार, यातायात, स्वास्थ्य र रोजगारका अवसरबाट पछि परेका छन् । स्वास्थ्य स्यवम्सेवीका लालकुमारी गाहाका अनुसार १५÷१६ वर्षको उमेरमा विवाह हुन्छ । पर्याप्त सचेतनाको अभावमा बालबालिकाको बालविवाह रोकिएको छैन, परिवार नियोजनको महत्वका बारेमा सचेत बन्न नसक्दा मातृशिशु दुबै नै जोखिममा पर्ने खतरा बढेको छ ।

स्थानीय बासिन्दा सावित्रा सारुले १५ वर्षको उमेरमा विवाह भएको सम्झना छ, उनले विवाह गरेको दुई वर्षपछि छोरा पाएको हो । यस क्षेत्रमा २० वर्षभन्दा पहिला नै बच्चा जन्माउने झन्डै ७० प्रतिशतभन्दा बढी रहेको बल्ढेङ्गढी स्वास्थ्य चौकीको दाबी छ ।

बल्ढेङ्गढी स्वास्थ्य चौकीका अनमी बिमला पौडेलका अनुसार कम उमेरमा विवाह गरेमा किशोरीले गर्भ रहेको ५ महिनापछि मात्र स्वास्थ्य परीक्षण गर्न आउने तर सुत्केरी घरमा गराउने चलन बढी रहेको बताउनुभयो । गर्भ रहेको छ वा छैन भन्ने समेत उनीहरुलाई थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

“नियमितरुपमा स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउन नसकेपछि वा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि मात्र स्वास्थ्य चौकीमा आउने गर्दछन्”, पौडेलले भन्नुभयो, “अप्ठ्यारो परिस्थितिमा आफूहरुले पनि जिल्ला अस्पताल पठाउने बाहेक केही विकल्प नहुने स्थिति छ ।”

स्वास्थ्य चौकीमा २०७२ साल असोजदेखि प्रसूति सेवा सञ्चालनमा ल्याएपनि स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या अझै कमी रहेको छ । रैनादेवी छहरा गाउँपालिका–६ मा तीनहजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र नं ८ मा तीनहजार १६५ जनसङ्ख्या रहेको छ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०६:२७ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...