back
CTIZAN AD

बालविवाहको असर ः पढ्ने बेलामा छोराछोरीे हेरचाह

वि.सं.२०७४ जेठ ३१ बुधवार

915 

shares

३१ जेठ, पाल्पा । जनचेतनाको अभावमा यहाँका बालिका १५÷१६ वर्षको उमेरमा पहिले बच्चा जन्माउँछन्, २० वर्षको उमेरमा दुई छोराछोरीका आमा बन्छन्, स्कुल पढ्ने समय बालबच्चाको हेरचाहमा बित्छ भन्दा अब अनौठो मान्नुपर्ने अवस्था छैन ।

पाल्पा रैनादेवी छहरा गाउपालिका–६, ७, र ८ बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रमा जनचेतनाको कमीले कम उमेरमा भागेर विवाह गर्ने र कमै उमेरमा सुत्केरी हुने गलत परम्परा अझै रोकिएको छैन । बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रका बालबालिका स्कुल पढ्ने, मेलापात, गोठालो जाँदाखेरी मायाप्रेम लागेपछि भागेर विवाह गर्ने चलन बढी छ । विवाहपछि अधिकांश ७÷८ कक्षामा नै विद्यालय छाड्ने गर्दछन् । छोरा मान्छे विदेश पैसा कमाउन जानुपर्ने र छोरी मान्छे बालबच्चा हुर्काउन व्यस्त हुनुपर्ने बाध्यता छ ।

पाल्पा जिल्लाको पश्चिम भेग अवस्थित शिक्षा, सञ्चार, यातायात, स्वास्थ्य र रोजगारका अवसरबाट पछि परेका छन् । स्वास्थ्य स्यवम्सेवीका लालकुमारी गाहाका अनुसार १५÷१६ वर्षको उमेरमा विवाह हुन्छ । पर्याप्त सचेतनाको अभावमा बालबालिकाको बालविवाह रोकिएको छैन, परिवार नियोजनको महत्वका बारेमा सचेत बन्न नसक्दा मातृशिशु दुबै नै जोखिममा पर्ने खतरा बढेको छ ।

स्थानीय बासिन्दा सावित्रा सारुले १५ वर्षको उमेरमा विवाह भएको सम्झना छ, उनले विवाह गरेको दुई वर्षपछि छोरा पाएको हो । यस क्षेत्रमा २० वर्षभन्दा पहिला नै बच्चा जन्माउने झन्डै ७० प्रतिशतभन्दा बढी रहेको बल्ढेङ्गढी स्वास्थ्य चौकीको दाबी छ ।

बल्ढेङ्गढी स्वास्थ्य चौकीका अनमी बिमला पौडेलका अनुसार कम उमेरमा विवाह गरेमा किशोरीले गर्भ रहेको ५ महिनापछि मात्र स्वास्थ्य परीक्षण गर्न आउने तर सुत्केरी घरमा गराउने चलन बढी रहेको बताउनुभयो । गर्भ रहेको छ वा छैन भन्ने समेत उनीहरुलाई थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

“नियमितरुपमा स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउन नसकेपछि वा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि मात्र स्वास्थ्य चौकीमा आउने गर्दछन्”, पौडेलले भन्नुभयो, “अप्ठ्यारो परिस्थितिमा आफूहरुले पनि जिल्ला अस्पताल पठाउने बाहेक केही विकल्प नहुने स्थिति छ ।”

स्वास्थ्य चौकीमा २०७२ साल असोजदेखि प्रसूति सेवा सञ्चालनमा ल्याएपनि स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या अझै कमी रहेको छ । रैनादेवी छहरा गाउँपालिका–६ मा तीनहजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र नं ८ मा तीनहजार १६५ जनसङ्ख्या रहेको छ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०६:२७ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...