back

कारागारको बसाई जोखिमयुक्त

वि.सं.२०७४ जेठ ३१ बुधवार

873 

shares

३१ जेठ, बर्दिवास । जीर्ण अवस्थामा रहेका महोत्तरी कारागारका कैदीबन्दीले आफूहरुको कारागार बसाई जोखिमयुक्त रहेको गुनासो गरेका छन् ।

आफूहरुलाई राखिएको भवन अति जीर्ण भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा बसाइ जोखिमयुक्त बनेको कैदीबन्दीले गुनासो व्यक्त गरेका छन् । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका कारागार भवन त्यसयता मर्मतसम्भार नहुँदा दिनदिनै भित्ता र छत उप्किएर झर्ने क्रम बढेको कैदीबन्दीले बताएका छन् ।

दैनिकजसो भवनको भित्ता तथा छतका इँटा र सिमेन्टका टुक्रा उप्किएर झर्दा यही पुरिन्छ कि भन्ने डर लाग्ने गरेको महिला कक्षकी कैदी ललिता सिंहले बताउनुभयो ।

यसैगरी कारागारका चौकीदारसमेत रहेका पुरुष कक्षका कैदी श्रीनारायण महतोले जीर्ण भवनको बसाई प्रत्येक पल डरलाग्दो भएको बताउनुभयो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै कक्ष रहेको कारागारमा जम्मा १३५ कैदीबन्दी राख्ने क्षमता छ । तर पछिल्लो डेढ दशकयता कारागारमा सधैँजसो ४०० को हाराहारीमा कैदीबन्दी रहँदै आएको कारागार प्रशासनले जनाएको छ ।

अहिले महिलाकक्षमा पाँच आश्रित बालबालिकासहित ३९ र पुरुषकक्षमा ३७२ गरी ४०१ कैदीबन्दी रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

जम्मा कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषामा कारागार नभएकाले त्यहाँका न्यायिक निकायले यहाँ पठाउने भएका कारण यो कारागारमा कैदीबन्दीको चाप बढेको कारागार प्रमुख ठाकुरले बताउनुभयो ।

पुरानो जीर्ण भवनमा कैदी थुनुवा राख्नु जोखिमयुक्त रहेको स्वीकार गर्दै कारागार प्रमुख ठाकुरले अब पुरानो भवन टालटुल गरेर समस्या समाधान नहुने भएकाले नयाँ कारागार भवन बनाउन आवश्यक भएको बताउनुभयो ।

यो कुरा आफूले जिल्लास्थित स्थानीय प्रशासन, कारागार व्यवस्था विभाग र सम्बद्ध अन्य निकायमा जानकारी गराएको कारागार प्रमुख ठाकुरले बताउनुभयो ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०८:२२ मा प्रकाशित

Himalayan Life AD
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको...

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज (पर्सा) । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

आज पनि फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदै छ कारोबार  ?

आज पनि फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ...

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...