back
CTIZAN AD

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ १ बिहीवार

915 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ महिनाको सुरुआतसँगै मनमा नयाँ ऊर्जा र उत्साह देखिनेछ । कामकाजमा स्पष्टता आउने दिन हो । अड्किएका काम अघि बढ्ने संकेत छन् । आर्थिक पक्ष सामान्य रहे पनि भविष्यका योजना बनाउन उपयुक्त समय हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र स्थिरताले काम लिनुपर्ने दिन हो । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । खर्च नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन कायम रहनेछ । स्वास्थ्यमा खानपान र आराममा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट, संवाद र छलफलबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । हतारमा निर्णय नगर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँगको सम्बन्ध अझ मजबुत बन्ने दिन हो । भावनात्मक रूपमा सन्तुलन कायम रहनेछ । कामकाजमा सामान्य प्रगति देखिनेछ । मनलाई हलुका राख्न प्रयास गर्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा प्रशंसा र सम्मान पाउने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्ने संकेत छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नम्र व्यवहारले अझ राम्रो परिणाम दिलाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । आजको मेहनतले आगामी दिनमा राम्रो फल दिनेछ । योजना, अध्ययन र लेखनमा मन जानेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य वा पारिवारिक जीवनमा संवादले समस्या समाधान हुन सक्छ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर र संवेदनशील रहन सक्छ । गोप्य कुरामा सतर्क रहनु उपयुक्त हुन्छ । धैर्य र विवेकले काम गर्दा परिस्थिति अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ र भविष्यप्रति आशावादी बनाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कामकाजमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा विवेक अपनाउनु राम्रो हुन्छ ।

२०८२ माघ १ गते, बिहीबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ १ बिहीवार ०७:२९ मा प्रकाशित

विभिन्न पाँच समितिको बैठक बस्दै

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय  संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज...