back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ५ सोमवार

345 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा नयाँ ऊर्जा देखिने दिन हो । सोचेजस्तै परिणाम नआए पनि धैर्यले काम गर्दा परिस्थिति तपाईंको पक्षमा आउँदै जानेछ । आत्मविश्वास बढ्नेछ । परिवारको साथले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा सोचविचार आवश्यक पर्ने दिन हो । अनावश्यक खर्च बढ्न सक्छ । कामकाजमा स्थिरता रहनेछ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, खानपानमा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट र कुराकानीबाट फाइदा हुने दिन हो । नयाँ योजना बनाउने अवसर आउन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । बोली र व्यवहारमा संयम राख्नु उपयुक्त हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा संवेदनशील दिन हो । घरपरिवारसँगको सम्बन्ध सुमधुर रहनेछ । कामकाजमा सामान्य प्रगति हुनेछ । मनलाई शान्त राख्ने प्रयास गर्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने संकेत छन् । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । आत्मविश्वास बलियो रहनेछ । अहंकारबाट जोगिनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । साना काममा अल्झनु पर्ला तर निरन्तर प्रयासले परिणाम राम्रो आउनेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने दिन हो । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । आर्थिक निर्णय सोचेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्क रहनुहोस् । धैर्य र विवेक अपनाउँदा परिस्थिति अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार पाउने सम्भावना छ । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता देखिनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ । धैर्यका साथ अघि बढ्नुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ, तर आवश्यक काममै हुनेछ ।

२०८२ माघ ५ गते, सोमबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ ५ सोमवार ०७:४६ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...