back
CTIZAN AD

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

वि.सं.२०८२ माघ ५ सोमवार

591 

shares

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुन सकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन ।

हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ प¥र्यो भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकाली बताउँछन् ।

यहाँका अधिकांश खेतीयोग्य जमिन तथा स्याउ बगैँचामा सिँचाइको पहुँच स्थापित भए पनि कृषि उर्वराशक्ति वृद्धिका लागि हिउँदयाममा हिउँ पर्न आवश्यक रहेको कृषि शाखा प्रमुख थकालीको भनाइ छ । हिउँदयामको जाडो मौसमको अनुकूल समयामा हिउँ परेमा खेतीयोग्य जमिनको भित्रि तहसम्म चिस्यान भरिएर पूर्णरुपमा रिचार्ज हुने र यसले स्याउ ,उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सहयोग पुग्ने कृषि शाखा प्रमुख थकालीले उल्लेख गरे।

‘हिउँदयामको अनुुकूल महिनामा हिउँ परेन भने किसानले लगाएको स्याउ लगायतका अन्नबालीमा रोककीराको सङ्क्रमण बढ्ने, जमिनको तापमान वृद्धिले खेतीयोग्य जमिनलाई आवश्यक पर्ने तत्व प्राप्त नहुने हुन्छ, कृषि शाखा प्रमुख थकालीले भने,“हिउँदयामको हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक विषादीको रुपमा काम गर्छ, यसले किसानका लागि मलको रुपमा कामसमेत काम गर्ने भएकाले स्याउ लगायतका अन्नबाली सप्रिन्छ ।”
हिमाली जिल्लामा बर्सेनि भर्दा र असोेज महिनामा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिने र स्याउको पोस्ट हार्भेस्टसँगै यहाँका किसानले उवा, जौ र फापर लगायतका नयाँ बाली घरमा भित्र्याउँछन् । बगैँचामा स्याउ टिपेर बोटको पात झरेर उजाड बनेपछि र किसानले हिउँदेबाली लगाउने समय पुस र माघ महिनामा अनिवार्य हिउँ पर्नुपर्ने प्राकृतिक नियम भए पनि पछिल्लो तीन वर्ष मुस्ताङमा राम्ररी हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले बताए।

स्याउ बगैँचा व्यवस्थापन लगायतका कार्य चलिरहने समयमा परेको हिउँले किसानलाई फाइदा पु¥याउने भए पनि मुस्ताङमा हिउँ पर्न नसकेको किसान थकालीको भनाइ छ । पछिल्लो समय हिउँ नपरी नदी र खोलाको पानीबाट सिँचाइ गर्दा खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीमा रोगकीराको प्रकोप देखिएको र यसले यहाँका किसानलाई निकै चिन्ता थपिएको किसान थकालीको भनाइ छ ।

केही वर्षअघि यहाँको तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म भारी हिमपात हुन्थ्यो । हिमपातले मुस्ताङका डाँडाकाँडा, खर्क,पाटन र उच्चलेँकसहित बस्तीसम्म दुई फिल बढी हिउँ पथ्र्यो । अनुकूल समयमा हिउँ परेपछि यहाँका किसानले लगाएको अन्नबाली राम्ररी सप्रिन्थ्यो । जसका कारण यहाँका किसानले स्याउ लगायतका अन्नबाली उत्पादनबाट राम्रो फाइदा लिने गथ्र्ये । तर, पछिल्लो समय हिउँ नपरी बेमौसमी वर्षा हुन थालेको छ ।

यहाँको थासाङ गाउँपालिका—१ टुकुचेका स्थानीय ८४ वर्षीय ङाचा थकालीले केही वर्षयता पुस र माघमासमेत हिउँ पर्न छोडेको बताए। ‘जन्मिएर यतिका वर्ष भइयो, हिउँदमा सधैँ हिउँ पर्ने गथ्र्यो, थकालीले भने,“अचेल त के भयो कुन्नी २—३ वर्ष भइसक्यो हिउँ परेको अनुभवनै गर्न पाइएको छैन।” अनुकूल मौसममा हिउँ नपर्दा किसान मात्रै होइन यहाँ पर्यटन प्रवद्र्धनमासमेत असर पु¥याएको मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका प्रोपाइटर सुरज गुरुङले बताए ।

केही वर्षअघि अनुकूल समयमा हिउँ पर्दा मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगितासमेत आयोजना भएको स्मरण गर्दै प्रोपाइटर गुरुङले हिउँदको समयमा हिमपात भएमा हिउँ खेल्न र हेर्न जिल्ला बाहिरका उल्लेख पर्यटक मुस्ताङ आउने उल्लेख गरे । पछिल्लो समय जलवायु परिवर्तका कारण हिमाली पर्यावरण फेरिन थालेको छ । हिउँदयामको मौसममा हिउँ नपर्ने र बाहिरी आवरणमा मात्रै चिसो हुने भएकाले खेतीयोग्य जमिनको तापक्रम वृद्धि भइरहेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । अक्सर चैत ÷वैशाखमा मात्रै पलाउने स्याउको पालुवा यहाँका केही स्याउ बगैँचाका बोटमा पुस महिनामै स्याउ बोटमा पालुवा पलाउन थालेको उनको भनाइ छ । हिउँदयाममा हिउँ नपर्ने र जमिनको तापमान वृद्धि हुँदै जाने अवस्थाले मुस्ताङको स्याउ खेतीले विस्तारै उकालो चढ्दै बसाइँ सार्न थालेको अध्यक्ष लालचनको भनाइ छ ।

जलवायु परिवर्तनकै प्रभावका कारण यहाँको परम्परागत संस्कृतिमासमेत असर पुग्न थालेको छ । सदियौँ वर्षदेखि निर्माण भएका यहाँका परम्परागत ढुङ्गा र माटोले बनेका पुराना घरका संरचना हिउँ नपरी वर्षा हुन थालेपछि सङ्कटमा पर्न थालेका छन् । हिउँ परेमा घरको छतमा अडिएर थपक्क बस्ने भए पनि हिउँ पर्न छोडेर वर्षा हुन थालेपछि यहाँका परम्परागत घर भत्किने र चुहिने गरेकाले परम्परागत घर मासिँदै जान थालेको घरपझोङ—५ ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिए। पछिल्लो समय बेमौसममा वर्षा हुन थालेको र सडक सहज भएकाले परम्परागत घर मासेर कङ्क्रिट घर निर्माण गर्ने होडबाजी चलेको थकालीले बताए।

जलवायु प्रभावले हिमाली क्षेत्रको धर्मसंस्कृति, परम्परा र यहाँको जैविक विविधता, पर्यटन र कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

वि.सं.२०८२ माघ ५ सोमवार १२:०१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...