back
CTIZAN AD

सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

वि.सं.२०८२ माघ १२ सोमवार

660 

shares

सिरहा । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिनेछ ।

“गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपिभी खोपबाट छुटेका थिए । यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,” खोप निरीक्षक कँडेलले भन्नुभयो । उहाँका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन् । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए । खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी मङ्गलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

वि.सं.२०८२ माघ १२ सोमवार १७:०५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...