back
CTIZAN AD

महासंघका बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग

वि.सं.२०८२ माघ १५ बिहीवार

594 

shares

काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपबिजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रिय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन् ।

उनले पत्रमा उल्लेख गरेअनुसार, प्रवासमा बसोबास गर्ने करिब ५० लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवद्र्धन, प्रवासी समुदायका मुद्दा, समाचार र आवाजलाई विश्वसमक्ष पु¥याउन सक्रिय रहँदै आए पनि महासंघका विभिन्न निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता सीमित बनाइँदै आएको छ। साथै, विगतमा उपभोग गरिँदै आएका कतिपय अधिकारहरू कटौती गरिएकोप्रति समेत गम्भीर ध्यानाकर्षण गराइएको छ।

पत्रमार्फत महासंघको केन्द्रिय समितिसमक्ष निम्न तीन प्रमुख माग प्रस्तुत गरिएको छः

मतदान अधिकार सुनिश्चितता
नेपाल पत्रकार महासंघको विधानको परिच्छेद ५, दफा १६ को उपदफा ४ अनुसार सम्पूर्ण सदस्यले मतदान गर्न पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै प्रवास शाखाका सदस्यहरूलाई विभिन्न बहानामा वञ्चित गरिएको भन्दै केन्द्रिय समितिको निर्वाचनमा बैदेशिक शाखाहरूलाई पनि मतदान अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

केन्द्रिय समितिमा प्रतिनिधित्व
केन्द्रिय कार्यसमितिमा बैदेशिक शाखाहरूको तर्फबाट कम्तीमा एक जना प्रतिनिधिलाई मनोनयन वा निर्वाचित गर्ने स्थायी र दिगो व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

समान दृष्टिकोण र सहभागिता
जिल्ला, प्रदेश, राजधानी उपत्यका, प्रतिष्ठान तथा मिडिया हाउसजस्तै संरचनासरह बैदेशिक शाखाहरूलाई पनि समान हैसियत र दृष्टिकोणले हेरी महासंघका सम्पूर्ण गतिविधिमा समान सहभागिताको अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

बन्जाडेले प्रस्तुत मागहरू महासंघको समावेशी, लोकतान्त्रिक र समान सहभागितामूलक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रवासमा क्रियाशील पत्रकार संगठनहरूले लामो समयदेखि उठाउँदै आएको यो विषयले अब महासंघको केन्द्रिय संरचनामा नीतिगत बहस र संरचनागत सुधारको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

 

वि.सं.२०८२ माघ १५ बिहीवार १७:३० मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...