back

झोले र झोलाहरु

वि.सं.२०८२ माघ १८ आइतवार

2K 

shares

हामी सबैसँग साना वा ठूला, नयाँ वा पुराना- कुनै न कुनै झोला अवश्य हुन्छ। कसैले झोलामा नुन बोक्छ, कसैले सुन। कसैको झोलाले पसिनाको सुगन्ध बोक्छ, कसैको झोलाले सत्ता र पहुँचको गन्ध। कसैले ढाकरमाथि बोकेर हिँड्छ त कसैले महँगो मोटर वा हवाई जहाजमा। कसैको झोला महँगो हुन्छ, कसैको सस्तो। कसैको झोलाभित्र सपना हुन्छ, कसैको झोलाभित्र सम्झौता।

झोला मध्य कपडाको झोला सबैभन्दा लचिलो हुन्छ। जुनसुकै रङ र नारा धारण गर्न सक्छ, संसदको दलदलमा फसेका क्रान्तिकारी वा चुनावमा दल बदल्ने नेताजस्तै। प्लास्टिकको झोला एकपटक प्रयोगका लागि बनेको हुन्छ चुनावी समयमा मात्रै देखिने कार्यकर्ता जस्तै। भारी झोलाहरू ठूला नेताले बोक्छन्, जसमा विचारभन्दा फाइल, पैसा र कुटिलता बढी हुन्छ। हलुका र सर्वत्र पाइने झोलाहरू प्रायः खाली हुन्छन्, तर बजारमा सबैभन्दा ठूलो आवाज यिनैबाट आउँछ। यिनले आफूलाई सच्चा झोले ठान्छन्। अन्तिममा फाटेका झोलाहरू हुन्छन्। सबै कुरा बोक्छन् तर केही सुरक्षित राख्न सक्दैनन्। गोप्य कुरा चुहिन्छ र जिम्मेवारी झर्छ। संसदबाट स्माजवाद ल्याउन चुनावमा आएका कम्युनिष्ट जस्ता।

झोलाको कुनै चेतना हुँदैन। त्यसैले उसलाई सत्य असत्यको झन्झट हुँदैन। झोलाको कुनै वर्ग हुँदैन,
त्यसैले उसले आफू श्रमिक हो कि शासक हो कहिल्यै सोच्नुपर्दैन। झोलाको कुनै गुनासो हुँदैन। किनकि गुनासो गर्न चेतना चाहिन्छ र चेतना झोलाको लागि अनावश्यक विलास हो। एउटै झोला कहिले क्रान्तिकारीको काँधमा झुन्डिन्छ, कहिले प्रजातन्त्रवादीको कुहिनोमा अडिन्छ। कहिले “नयाँ शक्ति” भन्दै उत्साहित हातले भिरिन्छ त कहिले बिग्रिएको दलको थाकेको काँधमा पुरानै गन्ध बोकेर हिँड्छ।

 झोला सधैं आज्ञाकारी हुन्छ। सधैं नतमस्तक हुन्छ। उसले तौल नाप्दैन, अर्थ खोज्दैन, परिणामको चिन्ता गर्दैन। मालिकले जे हालिदियो, त्यही बोकेर हिँड्छ। साँचो झूट, धर्म अधर्म, विचार विचारहीनता सबैलाई बराबरी ठान्दछ।

झोलाले न सिद्धान्त चिन्छ न विचार। त्यसैले ऊ जुनसुकै वर्गको पक्षमा उभिन सक्छ । जसले भिरायो उसकै। आज गरिबको पक्षमा नाराको पर्चा बोक्छ भोलि दलालको बहीखाता र पर्सि राष्ट्रको नाममा आफ्नै मालिकको स्वार्थ। झोलाले न ज्याला खोज्दछ न सम्मान। त्यसैले पार्टीलाई झोले मनपर्छ मानिस होइन। मानिसले प्रश्न गर्छ तर झोलाले चुपचाप बोकेर हिँड्छ। मानिसले अधिकार माग्छ, झोलाले आदेश पालना गर्छ।

चुरोटको सर्को वा भरपेट मासुभात पायो भने झोला आफूलाई भाग्यमानी ठान्छ। मालिकको सामीप्यमा बस्न पाउनु नै उसको लागि ठूलो उपलब्धि हो। मालिकसँग फोटो खिच्छ, सामाजिक सञ्जालमा हाल्छ र दुनियाँलाई देखाउँछ- हेर, मेरो हैसियत! मालिक भित्रभित्रै जतिसुकै कुहिएको, गनाह्य र दुर्गन्धित भए पनि झोलालाई भने सबै कुरा बास्नादार नै लाग्छ। किनकि झोलाको न नाक हुन्छ, न विवेक। उसलाई गन्ध होइन नजिकिन पाउनु महत्वपूर्ण हुन्छ।

 झोला सधैं आज्ञाकारी हुन्छ। सधैं नतमस्तक हुन्छ। उसले तौल नाप्दैन, अर्थ खोज्दैन, परिणामको चिन्ता गर्दैन। मालिकले जे हालिदियो, त्यही बोकेर हिँड्छ। साँचो झूट, धर्म अधर्म, विचार विचारहीनता सबैलाई बराबरी ठान्दछ।

झोलाको कुनै प्रश्न हुँदैन। “किन?” भन्ने शब्द त झोलाको शब्दकोशमै छैन। यो किन बोक्नुपर्‍यो?  यो न्यायसंगत छ कि छैन? यस्ता प्रश्न झोलाको सरोकारका बिषय होईनन। जे राखिदिए पनि ऊ चुपचाप स्वीकार गर्छ। विचार होस् वा विष, आदर्श होस् वा आदेश, संविधान होस् वा सम्झौता।  झोला सधैं आज्ञाकारी हुन्छ। सधैं नतमस्तक हुन्छ। उसले तौल नाप्दैन, अर्थ खोज्दैन, परिणामको चिन्ता गर्दैन। मालिकले जे हालिदियो, त्यही बोकेर हिँड्छ। साँचो झूट, धर्म अधर्म, विचार विचारहीनता सबैलाई बराबरी ठान्दछ। “यो निर्णय कसको लागि?” “यो नीति कसलाई फाइदा?” यस्ता प्रश्न झोलाका शत्रु हुन्। झोलाले त केवल आदेश बुझ्छ। झोलाले एक्लोपन मन पराउदैन त्यसैले भिडमा हराउदछ, तालिमा नाच्दछ र जयजयकारमा रमाउदछ।

हाम्रो देशमा झोलाको माग अत्यन्त ठूलो छ। यहाँ झोला धेरै छन्। चेतनाभन्दा झोला भारी भएको समाज बनेको छ। जसले जति ठूलो झोला बोकेको छ उसलाई त्यति नै ठूलो मानिन्छ। विचारभन्दा झोलाको तौलले हैसियत नापिन्छ। झोला देखाएर नै नेतृत्वको प्रमाण दिन खोजिन्छ। झोला नबोक्ने मान्छे शंकास्पद ठानिन्छ। त्यसैले झोला बोक्नेहरू नै सबैभन्दा “विश्वसनीय” मानिन्छन्। झोला बदल्न सक्ने क्षमता नै राजनीतिक चातुर्य ठहरिन्छ। झोला फेर्दै हिँड्नु नै “छलाङ्ग” भनिन्न्छ।  यसरी झोलाको देशमा मान्छे क्रमशः हराउँदै जान्छ। अन्ततः झोला नै “विश्वसनीय” र मान्छे नै अनावश्यक ठहरिन्छ।

कतिले आफ्ना पिता पुर्खाले बोकेको झोला हो भन्दै पुरानो, फाटेको र चुहिने झोला अझै बोकेर हिँडिरहेका छन्। झोलाको हालत हेर्न लायक छैन तर त्यसलाई त्याग्ने आँट गर्दैनन्। त्याग्न स्वविवेक चाहिन्छ। विश्लेषण चाहिन्छ। इतिहास र वर्तमानको कसीमा घोट्नु पर्दछ।  इतिहासको नाममा बोझ बोकिने परम्परा यहाँ बलियो छ। औचित्यहीन झोलाहरू कुल खानदानको पितृको हैसियतमा रमाइरहेका देखिन्छन्। नयाँ सोचभन्दा पुरानै झोलामा गर्व गरिन्छ। झोला फेर्नु गद्दारी ठानिन्छ। झोलाको दुर्गन्धलाई पनि परम्पराको सुगन्ध भनिन्छ। चुहिँदै गएको झोलाले बाटोभरि दाग छोडे पनि कसैले प्रश्न गर्दैन। झोलाभन्दा मान्छे सानो बनाइएको छ। यसरी फाटेको झोला नै वंशको गौरव घोषित गरिन्छ।

चुनावको बेला झोलाहरूको लीलामी सुरु हुन्छ। त्यस समयमा झोलाहरू खुला बजारमा राखिन्छन्। झोलाहरूको खरिद बिक्री निर्लज्ज रूपमा हुन्छ। कतिले चटक र भाषणको जादु देखाएर झोला किन्छन्।

कतिले हिजो जीवनजल हालेर गाउँ बस्तीका झुपडीहरूमा घुमेका झोलाहरू आज महँगो रक्सी हालेर महल र हवेलीहरूमा झुन्डिएका छन्। हिजो अभावको कथा बोकेको झोला आज विलासिताको प्रदर्शन बनेको छ। झोलाको इतिहास देखाएर आफ्नो वर्तमानको ऐस आराम साटिरहेका छन्। त्यही झोलालाई देखाउँदै आफूलाई अझै त्यागी र सादा सावित गर्न खोजिन्छ। “हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो हौँ” भनेर झोलाहरूलाई भ्रममा राखिन्छ। झोलालाई सम्झाइन्छ तिमी पुरानै हौ, पवित्र हौ, प्रश्न नगर्ने हौ। तर समयसँगै ती ऐतिहासिक र गर्विला झोलाहरूभित्र आज फोहोर थुप्रिँदै गएको छ। आदर्शको नाममा राखिएको झोलामा स्वार्थ, लोभ र सम्झौताका अवशेष भरिँदै छन्।

चुनावको बेला झोलाहरूको लीलामी सुरु हुन्छ। त्यस समयमा झोलाहरू खुला बजारमा राखिन्छन्। झोलाहरूको खरिद बिक्री निर्लज्ज रूपमा हुन्छ। कतिले चटक र भाषणको जादु देखाएर झोला किन्छन्। कतिले इतिहास र बलिदानको कथा सुनाएर झोला तान्छन्। कतिले मसल र डर देखाएर झोला आफ्नो बनाउँछन्। कतिले भान्साको धुवाँ र थालको सपना देखाएर झोला किन्छन्। झोलालाई रोजगारीको आश्वासन दिइन्छ। झोलालाई विकासको नक्सा देखाइन्छ। सर्वसाधारणलाई उज्यालो भविष्यको सपना बेचिन्छ। भोटको बदलामा झोला सुम्पिने खेल चल्छ। झोलाको मूल्य विचारले होइन प्रभावले तोकिन्छ। झोलाले कुन पक्ष बोक्ने हो त्यो बजारले निर्धारण गर्छ। चुनाव सकिएपछि झोलाहरू फेरि गोदाममा थन्किन्छन्।  खाली रित्तो झोला बनेर रहन्छ।

प्रायः सबैको घरको किल्लामा एउटा न एउटा झोला झुन्ड्याइएको पाइन्छ। कतिपय घरमा त दुई तीनवटा, कहिलेकाहीँ त्यसभन्दा बढी झोला पनि सजिएझैँ झुन्डिरहेका देखिन्छन्। ती झोलाहरू केवल सामान राख्ने वस्तु मात्र होइनन् समय र परिस्थितिको संकेतजस्तै बनेका हुन्छन्।

बाहिरको माहोल कस्तो छ? कस्ता किसिमका झोलाहरूको जमघट हो? कस्तो भीड छ? त्यही हेरेर कुन झोला बाहिर निस्कने हो भन्ने तय हुन्छ। कहिले सफा चिटिक्क परेको झोला अगाडि सर्छ, कहिले पुरानो, फाटेको तर भरपर्दो झोला काँधमा झुण्डिन्छ। हेर्दा मान्छेले झोला छानेजस्तो लागे पनि वास्तविकतामा झोलाले नै आफूलाई बोकिने समय आफैँ छानिरहेको हुन्छ। झोलाको छनोट मान्छेले होइन परिस्थितिले र अन्ततः झोलालेनै गरेको देखिन्छ।

मान्छेले झोला बोक्छ कि झोलाले मान्छे? सामान्यतया त मान्छेले झोला बोक्नुपर्ने हो। झोला भनेको आवश्यकता अनुसार सामान राखेर बोकेर हिँड्ने एउटा साधारण वस्तु मात्र हो। तर विडम्बना के छ भने, हामीकहाँ यो सम्बन्ध उल्टिएको देखिन्छ। यहाँ मान्छेले होइन झोलाले मान्छेलाई बोकेको छ।

जसलाई बोकिनुपर्ने हो त्यही वस्तु मालिकजस्तो बनेको छ। जसले बोक्नुपर्ने हो ऊ आफैँ भरिया बनेर हिँडिरहेको छ। झोलाभित्र के छ भन्नेले होइन  झोलानै के हो भन्नेले मान्छेको दिशा, चाल र व्यवहार निर्धारण गरिरहेको छ। परिणामतः, बोकिने वस्तुले बोक्नेलाई जता लैजान्छ, ऊ त्यतै जान बाध्य हुन्छ। आफ्नो इच्छा, विवेक र सोच सबै झोलाकै तौलले थिचिँदै।

र अन्त्यमा, हाम्रो गाउँका एक उनानब्बे वर्षका वृद्धको निधन भयो। चिने जानेका आफन्त, इष्टमित्र र छिमेकीहरूले शोक व्यक्त गरे। कसैले यसलाई “असमयिक मृत्यु” भने, कसैले “अल्पायुमै बिते” भनेर भावुकता पोखे। सबैले स्वर्गमा बास होस्, आत्माले शान्ति पाओस् भन्ने कामना गरे। तर अपसोच, ती वृद्धले आफ्नो झोला सँगै लैजान बिर्सिएछन्। झोला बिना त उनी कतै अलमलिँदै, बाटो भुल्दै भड्किरहेका होलान् कि जस्तो लाग्छ। जीवनभरि आफूले बोकेको झोला छुटाएका थिए।

अन्ततः तेह्रौँ दिनको दिन फेरि झोलाकै जोहो गर्नुपर्‍यो। पुरेतलाई झोला दान दिनुपर्ने भयो उनको आत्माको मोक्षको लागि। जीवित हुँदा झोलाले मान्छेलाई बोकेको थियो, मृत्युपछि पनि झोला नै मोक्षको माध्यम बन्यो। यसरी हेर्दा, यहाँ मान्छेको जीवन मात्र होइन मृत्यु पनि झोलाबाट मुक्त हुन सकेन।

जय झोला, जय झोले!!!

 

वि.सं.२०८२ माघ १८ आइतवार ०९:१६ मा प्रकाशित

Himalayan Life AD
चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

नेपालमा केही वर्षदेखि अरुकै कॉध चढेर चटके राजनीति गर्नेहरुको बोलवाला...

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा...

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

जीवनभर रोगबाट मुक्त रहन, व्यक्तिहरूले स्वस्थ आहार, नियमित शारीरिक गतिविधि,...

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको उपादेयताः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना...

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

कुनै समय नेपालको राजनीतिमा विशेषगरी कम्युनिस्ट धारमा, “गद्दार” भन्ने शब्द...

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

पौष र माघको जाडो छिचोल्दै देश अब लगभग चुनावी गर्मीले...