back
CTIZAN AD

फेब्रुअरी महिना अझ शानदार बनाउने उद्देश्यका साथ दराजद्वारा २.२ सेलको घोषणा

वि.सं.२०८२ माघ १८ आइतवार

504 

shares

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेकोे छ । यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिंग अनुभव संगाल्ने अवसर पाउनु हुनेछन् ।

२.२ सेल अवधिभर ग्राहकहरूले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्याश सेल, ६०% सम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्नु हुनेछन्।

यस सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी रहेको छ । यसमा कम्पनीले एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित अपडेट गरिएको छ । स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत दैनिक रूपमा आवश्यक पर्ने सामग्रीहरूलाई वर्षभरी नै किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ ईडीपीएल ल्याइएको हो । यसले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १–३ दिनभित्रको छिटो छरिटो डेलिभरी सुनिश्चित गर्छ । ग्राहकहरूले बाई ३ मा फर फ्रि शिपिंग अफर्सका साथै ४ वा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नु हुनेछ ।

यसका अतिरिक्त, २.२ सेलमा अग्रणी ब्रान्डहरूका तर्फबाट विशेष साझेदारी अफरहरू पनि समाविष्ट रहेका छन् । प्लाटिनम पार्टनर सेटाफिलका तर्फबाट १०% सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ५०% सम्मको छुट सहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनरहरु नाइक र फ्न्सिराका तर्फबाट ६०% सम्मको छुट उपलब्ध हुनेछ ।

फेब्रुअरी १को राति ८ बजे सुरु हुने यस अभियानको प्रमुख आकर्षणका रुपमा रहेको क्रेजी फ्ल्याश सेल मार्फत सिमित स्टकमा सिमित अवधिका लागि मात्र उपलब्ध हुने आकर्षक अफरहरूसँगै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत छुट सहितका मूल्यमा विभिन्न अफरहरू पनि प्रस्तुत गरिनेछ । यसले उपभोक्ताहरुमा प्रत्येक दिन नयाँ उत्साह थप्ने दराजले आशा लिएको छ ।

अझ रोमाञ्चक कुरा के भने, २.२ फ्याबुलस फेब सेल अवधि भर रु. ३,००० वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी/२५६ जीबी) जित्ने अवसर पनि प्राप्त गर्नुहुनेछ ।

ग्राहकको विश्वासलाई थप मजबुत बनाउने सोचका साथ , बेष्ट प्राइस ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू हुनेछ । यस सुविधा अन्तर्गत यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा भन्दा कम मूल्यमा भेटिएमा, लागू सर्तहरूअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

अद्वितीय छुट, आकर्षक उपहार जित्ने मौका र सहज अनलाइन किनमेल अनुभवका साथ ‘२.२ फ्याबुलस फेब, २ गुड २ मिस ! सेलले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत धेरै श्रेणीमा ग्राहकहरूका लागि फेब्रुअरी किनमेललाई वास्तवमै शानदार बनाउने कम्पनीको विश्वास छ ।

दराज नेपालको २.२ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नु हुन कम्पनीले विनम्र अनुरोध गरेको छ ।

दराज गु्रपका बारेमा 
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

 

 

वि.सं.२०८२ माघ १८ आइतवार १२:०१ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...