back
CTIZAN AD

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

वि.सं.२०८२ माघ २० मंगलवार

492 

shares

गण्डकी । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो ।

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले यहाँस्थित वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि नहुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रमा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवं पर्यटन व्यवसायी र सरोकारवाला पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि रहेको ह्वाटस् एप गु्रप तयार गरिएको छ ।

अवाञ्छित गतिविधि भए गरेको कोही कसैले देख्नासाथ ग्रुप वा सम्बन्धित निकायमा खबर गरी त्यस्ता गतिविधि रोक्न पहलकदमी गरिने गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

परिषद्का्े अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिसहित विशेष गरी बेलुकाको समयमा स्थलगत अनुुगमन पनि गर्ने गरिएको उनले बताए । लेकसाइडमा आउने पर्यटकका लागि खाद्य स्वच्छतासमेतलाई ध्यान दिँदै खुला रूपमा सडकपेटी वा साइकलमा गरिने व्यापारले पर्यटकको आवतजावतमा समेत असर परेको हुँदा यस्ता गतिविधिलाई नियन्त्रण गर्न थालिएको छ ।

स्थलगत अनुुगमनका क्रममा पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको बताउँदै परिषद्का अध्यक्ष पहारीले यसपछि पनि त्यस्तो क्रममा निरन्तरता पाइए थप कानुुनी कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाइने बताए ।

लेकसाइड क्षेत्रका विभिन्न स्थानमा यहाँको स्वच्छता र पर्यटनमैत्री वातावरणका लागि क्युआरकोडमार्फत अपनाउनुुपर्ने नियम आदिबारे पनि जानकारी गराउने लक्ष्य राखिएको उनले बताए ।

वि.सं.२०८२ माघ २० मंगलवार १०:२१ मा प्रकाशित

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका...

पशु चौपायमा कृत्रिम गर्भाधान 

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन । जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान...