back
CTIZAN AD

कालिकालाई चढाइयो खिर

वि.सं.२०८३ साउन १५ शुक्रवार

189 

shares

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस दिन घरघरमा खिर खाने परम्परा छ । बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पनि आज खिर चढाइयो । कालिका भगवती देवीलाई साउन महिनामा खिर चढाउने चलन छ ।

खिर चढाउने तिथि यस वर्ष साउन १५ मा परेको मन्दिर गुठी समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए । बिहान ७ बजेर ३६ मिनेटको साइतमा देवीलाई खिर चढाइएको उनकोे भनाइ छ । मूल पूजारी जयबहादुर खड्काले विधिवत् पूजाआजा गरेपछि देवी भगवतीलाई खिर चढाइएको थियो ।

शक्तिस्वरुपा कालिका भगवतीलाई खिर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खिर खुवाउने गरिएको अध्यक्ष खड्काले बताए । पूर्वजहरुका पालादेखि नै मन्दिरमा खिर चढाउने चलन सुरु भएको उनकोे भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खिर चढाएपछि मात्र बल्ल घरघरमा खिर पकाएर खाने चलन थियो ।

मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर नचढ्ने मूल पूजारी जयबहादुर खड्काले बताए । देवीलाई चढाउने खिर अलग्गै पकाउने गरिएको उनकोे भनाइ छ ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनलाई प्रसादीका रुपमा खिर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खिर खुवाउने गरिएको छ । कालिका देवीलाई खिर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको अध्यक्ष खड्काले बताए ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घरघरमा खिर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ ।
दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बर्सेनि बडादसैँ र चैतेदसैँमा यहाँ ठूलो मेला लाग्ने गर्छ ।

वि.सं.२०८३ साउन १५ शुक्रवार १४:३० मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...