back
CTIZAN AD

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

वि.सं.२०८२ माघ २३ शुक्रवार

591 

shares

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले गम्भीर तथ्य देखाएको भन्दै सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले देशका विभिन्न सहरका पसलबाट सङ्कलन गरिएका नमूनाको परीक्षण गर्दा ३१ प्रतिशत नमूनामा अन्तरराष्ट्रिय रूपमा स्वीकृत मापदण्डभन्दा बढी सिसा भेटिएको तथ्य सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ ।

विशेषगरी दैनिक प्रयोग हुने दञ्तमञ्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा समेत सिसा भेटिएको जनाइएको छ ।

बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणहरू रहेको सङ्घले उल्लेख गरेको छ ।

वि.सं.२०८२ माघ २३ शुक्रवार १६:०३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...