back
CTIZAN AD

काभ्रेमा दलित उम्मेदवार छैनन्

वि.सं.२०८२ माघ २६ सोमवार

612 

shares

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा यहाँको क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यस निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । यस क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिनुभएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार ९६४ मतले पछिपार्दै ३४ हजार ४१२ मत प्राप्त गरी विजयी भएका थिए ।

एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ, भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुनुहुन्छ । यस्तै रास्वपाका चौलागाइँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष छन् । ठूला दलका यी उम्मेदवार पनि प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । यस क्षेत्रमा ‘अन्य’ समूहबाट एकजना प्रतिस्पर्धामा उत्रिएका छन् ।

गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यहाँको क्षेत्र नं १ मा समानुपातिकतर्फ एमाले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा नौ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए ।

आसन्न निर्वाचनमा काभेको दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् । यस्तै जनजाति तर्फबाट २५ जना उम्मेदवारी परेको जनाइएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा भने १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य रहेका हुन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् ।

वि.सं.२०८२ माघ २६ सोमवार १२:१७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...