back
CTIZAN AD

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

वि.सं.२०८२ माघ २८ बुधवार

198 

shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण पनि कायमै रहने देखिएको बताएको छ । प्रतिकूल मौसममा सुरक्षित रहन महाशाखाले सर्वसाधारण तथा सरोकारभएका सबैलाई अनुरोध गरेको छ ।

वि.सं.२०८२ माघ २८ बुधवार ०६:४९ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...