back

सिटिजन्स बैंक NCHL को EFT सदस्य, NepalPay Card जारी गर्ने पहिलो बैंक

वि.सं.२०८२ माघ २८ बुधवार

150 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस (NCHL) को NPS–National Card Switch अन्तर्गत Domestic Card Scheme तथा EFT Switch मार्फत NepalPay Card सञ्चालन गर्न सम्झौतामा आबद्ध भएको छ। मिति २०८२ माघ २७ गते मंगलबार सम्पन्न उक्त सम्झौतासँगै सिटिजन्स बैंक NCHL को EFT (Electronic Fund Transfer) सदस्य बन्दै NepalPay Card जारी गर्ने पहिलो बैंक बनेको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलकण्ठ सिंह प्रधानले हस्ताक्षर गरेका छन्। यस सहकार्यपछि बैंकका ग्राहकले NCHL मार्फत जारी गरिने NepalPay Card प्रयोग गर्न सक्नेछन्।

बैंकका अनुसार NepalPay Card बैंकका ATM तथा POS टर्मिनलका साथै Discover, Diners, Pulse र International UnionPay नेटवर्कमार्फत स्वदेश तथा विदेशमा समेत प्रयोग गर्न सकिनेछ।

बैंकले हालसम्म विभिन्न नवप्रवर्तनात्मक सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै हालै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डीजि बैंक सेवा’ सार्वजनिक गरेको जनाएको छ। साथै, डिजिटल बैंकिङ सेवाको विस्तार, QR सेवा तथा अन्य आधुनिक भुक्तानी प्रणालीमार्फत ग्राहकलाई सहज सेवा प्रदान गर्दै आएको बैंकको भनाइ छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका देशभर ६१ जिल्लामा फैलिएका २०० भन्दा बढी शाखा, १५० भन्दा बढी एटीएम तथा विभिन्न शाखा रहित बैंकिङ इकाइमार्फत ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

वि.सं.२०८२ माघ २८ बुधवार ११:३१ मा प्रकाशित

Himalayan Life AD
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन...

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार...

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौँ । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय...

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

कास्की । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै...