back
CTIZAN AD

चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई रु पाँच लाख सहयोग

वि.सं.२०८२ फागुन १ शुक्रवार

483 

shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु पाँच लाख सहयोग गरेको छ ।

रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

थापा दम्पतीका छोरीहरू लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले रु पाँच लाख हस्तान्तरण गर्नुभएको विद्यालयका प्रअ विनोद थापाले जानकारी दिए ।

उक्त रकम थापामगर दिदीबहिनीहरूले स्थापना गरेको भीमबहादुर÷भीमकुमारी अक्षयकोषमा राखेर त्यसको ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने उे बताए ।

बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १५:१६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...