back
CTIZAN AD

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

वि.सं.२०८२ फागुन १ शुक्रवार

594 

shares

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा विश्वकै ठूलो विमानवाहक पोत ‘गेराल्ड आर. फोर्ड’ सहित अन्य सहयोगी युद्धपोतहरू पनि समावेश छन्। इरानसँग बढ्दै गएको तनाव र त्यसको परमाणु कार्यक्रमबारे पश्चिमी राष्ट्रहरूसँगको कूटनीतिक वार्ता अपेक्षित निष्कर्षमा पुग्न नसकेपछि अमेरिका सैन्य उपस्थिति थप सुदृढ बनाउने दिशामा अघि बढेको देखिएको छ।

पहिले नै क्षेत्रमै रहेको ‘एब्राहाम लिन्कन’ विमानवाहक पोत र तीन मिसाइल मिलाएर अब दुई अमेरिकी विमानवाहक युद्धपोत समूह एउटै क्षेत्रमा उपस्थित हुनेछन् । यसले क्षेत्रीय सुरक्षा तनाव बढाउने र सम्भावित द्वन्द्वको जोखिम थप्ने अनुमान गरिएको छ ।

इरानले अप्रत्यक्ष वार्ताका प्रयास बाबजुद पश्चिमी दबाबप्रति गहिरो अविश्वास देखाएको छ र आफ्नो राष्ट्रिय सुरक्षा र परमाणु कार्यक्रम बचाउन कडा दृष्टिकोण राखेको छ । यस क्रममा इरानले आफ्ना सैन्य क्षमता प्रदर्शन गर्ने सम्भावना पनि राखेको छ । क्षेत्रीय विश्लेषकहरूले अमेरिकी विमानवाहक पोतको दोहोरो उपस्थिति मध्यपूर्वमा तनावलाई अझ जटिल बनाउने र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिमा दीर्घकालीन प्रभाव पार्ने भनेका छन् ।

यस कदमले क्षेत्रीय शक्ति सन्तुलनलाई पनि असर गर्नेछ । मध्यपूर्वका अन्य राष्ट्रहरूले सुरक्षा रणनीतिमा पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आउन सक्छ, जसले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा थप दबाब सिर्जना गर्नेछ । साथै, यसले तेल आपूर्ति मार्ग, समुद्री मार्ग र व्यापारिक मार्गको सुरक्षा सुनिश्चित गर्ने पक्षमा पनि प्रभाव पार्न सक्छ ।

विश्लेषकहरूले यो कदम भनेका छन्,“ केवल सैन्य रणनीति मात्र नभई राजनीतिक सन्देश पनि हो, जसले इरानसँगको वार्ता प्रक्रिया र क्षेत्रीय शक्ति सन्तुलनमा अमेरिकाको दाबी स्पष्ट गर्ने प्रयास हो ।”(रासस/सिन्ह्वा)

 

वि.सं.२०८२ फागुन १ शुक्रवार १७:१८ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...