back
CTIZAN AD

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

वि.सं.२०८२ फागुन ७ बिहीवार

672 

shares

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ ।

मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । प्रारम्भिक चरणमा छ जना जीवित उद्धार गरिएका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसपछि व्यापक खोजी अभियान चलाइए पनि आठ जनाको मृत्यु पुष्टि भएको हो ।

नेभाडा काउन्टीका शेरिफ सानान मुनले एक सदस्य अझै हराइरहेको र आँधी, तीव्र हावा तथा बाक्लो हिमपातले खोजी कार्य अवरुद्ध गरिरहेको बताए । “अत्यन्त खराब मौसमले काम गर्नै कठिन बनाएको छ”, उनले भने।

स्थानीय सुगर बाउल एकेडेमीले केही पीडितहरू आफ्नो निजी स्की–केन्द्रित विद्यालयसँग सम्बन्धित रहेको जनाएको छ । विद्यालयका कार्यकारी निर्देशक स्टिफन म्याकमहोनले समुदाय गहिरो शोकमा रहेको उल्लेख गरे ।

घटनाका बेला ११ ग्राहक र चार मार्गनिर्देशकसहितको समूह ब्याककन्ट्री यात्राबाट आधार शिविरतर्फ फर्कँदै थियो । चालिसभन्दा बढी उद्धारकर्मीले खोजी सुरु गरेका थिए, तर मौसमका कारण प्रयास प्रभावित भयो ।

सिएरा नेभाडा पर्वत शृङ्खलामा शक्तिशाली आँधीका कारण केही स्थानमा आठ फिटसम्म हिमपात हुन सक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ । प्लेसर काउन्टीका शेरिफ वेन वूले मौसम सुधार नभएसम्म पहाडी क्षेत्रबाट टाढा रहन आग्रह गर्नुभएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ । अधिकारीहरूले ब्याककन्ट्री स्की खेल स्वाभाविक रूपमा जोखिमपूर्ण हुने स्मरण गराउँदै सावधानी अपनाउन आग्रह गरेका छन् ।(रासस\एएफपी)

वि.सं.२०८२ फागुन ७ बिहीवार १६:५७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...