back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ फागुन ९ शनिवार

99 

shares

सतीश पण्डित
भानु, तनहुँ हाल चन्द्रागिरी , मातातीर्थ

१.
जनताको मत चढेर
रमाएर सत्ता सुखमै
कर्तव्यमा सधैँ लडेर ।

२.
सपना महल देखाउने
लुकाएर राख्ने यथार्थ
विश्वास कसले लेखाउने ?

३.
बोलीमा मीठो सपना
जनता यही चाहन्छन्
नबनाऊ अनेक बाहना ।

४.
सत्तामा चेहरा फेरियो
उस्तै रह्यो हालत
जनता जालमा बेरियो ।

५.
सडक वाचा बनाइयो
हरायो विकास कहाँ ?
धुलोमै वर्षौँ बिताइयो ।

६.
विकासको गीत गाएर
उडाउँछन् बजेट हावामा
जनता धर्धरी रुवाएर ।

७.
घोषणा ठूलो बनाउने
नगर्ने काम रत्तिभर
आशा किन देखाउने ?

८.
देशभक्ति गाउँछन् मुखमा
व्यवहारमा केवल स्वार्थ
हुँद‌ैनन् जनताको दुखमा ।

९.
हातमा झण्डा बोकेर
लुकाएर स्वार्थ भित्रभित्रै
हिँड्छन् छाती ठोकेर।

१०.
कुर्सीलाई देवता मान्छन्
यसरी बन्दैन भविष्य ?
देशलाई बिर्सेर जान्छन् ।

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:४८ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : घरदैलो

लघुकथा : घरदैलो

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ “हजुरहरूको कृपाले अहिलेसम्म जित्दै आएको छु,...

चारु

चारु

अम्बिका राणा,खरसाङ , दार्जीलिङ कहिलेकाहीँ नसोचेको कुरो पनि हुँदोरहेछ फूल...

सुसेली

सुसेली

शोभाकान्त रेग्मी वालिङ -२ धौखोला, स्याङ्जा मनको बह सुन्ने कोही...

गजल

गजल

बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत स्वाङ पार्दै हिँडेका छन् आज काले...

गजल

गजल

मुक्ति घिमिरे कश्यप,सिक्किम होला र विद्याको सार सानो त्यागे असल...

गजल

गजल

सुनिता बराल,काठमाडौँ भन्छन् समाजसेवी सेवा विचित्रका छन् ठग्छन् ती दिनदहाडै...