back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन ९ शनिवार

1.1K 

shares

सुनिता बराल,काठमाडौँ

भन्छन् समाजसेवी सेवा विचित्रका छन्
ठग्छन् ती दिनदहाडै धन्दा विचित्रका छन्

दौलत हुँदा सबै छन् मर्दा हुँदैन कोही
बुझ्नै सकिन्न कहिल्यै नाता विचित्रका छन्

ठान्थे सबैजनाले ज्ञानी छ ऊ असाध्यै
हिँड्दै छ मोज गर्दै पारा विचित्रका छन्

निस्तेज पार्छु उसको साहस भनेर हिँड्छ
आफैँ हुने खरानी इच्छा विचित्रका छन्

बन्नेछ देश भन्दै हिँड्छन् सदैव नेता
तर देश बन्न रोक्ने बाधा विचित्रका छन्

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फाइलातुन् / मफऊल फाइलातुन्
वजन : २२१ – २१२२ ÷ २२१ – २१२२
काफिया : आ ( एकाक्षरी स्वर )
रदिफ : विचित्रका छन्
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...