back
CTIZAN AD

कविता : होस् नीतिको पालना

वि.सं.२०८२ फागुन ९ शनिवार

552 

shares

अलख निरञ्जन लोहार
टीकापुर कैलाली हाल : भारत

छन् माग्ने धन कामकाज नभनी भाग्दै आओस् पासमा,
पीडा चोट र मर्मको समरमा हो व्यर्थ त्यो कामना,
लोभी लोभ र काम क्रोध वशमा जान्दैन भन्छौ भने,
आफ्नो देश र शेषको विषयमा खाल्डो स्वयंको खने ।१।

कौडीको वशमा इमान सब त्यो फाल्दै नफाल्नू तिमी,
भ्रष्टाचार विरुद्धमा कदम ती निर्धक्क चाल्नूँ तिमी,
तिर्दैछौं करकाप अर्थ जनले सम्पत्ति हो देशको,
सारा काम गरौं न कानुन विषे संस्कार हो देशको ।२।

राखौं है मन भित्र शासन निको होस् नीतिको पालना,
व्यापारी दल राज्यका बल मिली कर्तव्य मानौं घना,
यस्तै वर्ग विशेष लाभ रहने संकल्पको चालक,
फालौं नाजुक सोच ती विलय होस् सन्मार्गको पालक ।३।

खोक्रा ती गफ मात्रले त सहजै बन्दैन यो देश है,
राम्रो कर्म र योगदान जनको साझा छ उद्घोष नै,
होस् प्रशासक देश हाक्न सजिलै ल्याओस् कडा कानुन,
होस् सम्पन्न यहाँ हरेक मनका खाता र नाता गुन ।४।

भ्रष्टाचार विरुद्धमा सब जना निष्ठा बनाई बढौँ,
राखौँ नैतिक पाठको मगजमा यो चेतनामा हिडौँ,
राम्रा काम तथा सुसभ्य पथमा हुन् रामको राज्य झैँ,
आफ्नो देश विकासमा सबल भै पृथ्वी बनून् आज है ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:४० मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...