back
CTIZAN AD

कविता : चोर्ने मुसो भाषण गर्छ चर्को

वि.सं.२०८२ फागुन ९ शनिवार

771 

shares

हिरा भट्ट “बदमास नम्बर दुई”
पञ्चेश्वर–६, बैतडी

बाली भयो नष्ट किसान रुन्छ्न्
रुन्चे–नदीले गह नेत्र धुन्छ्न्
मत्ता मुसाको छ विचित्र चित्र
छन् भ्यागुता बन्धक जेलभित्र
।१।

एकै दुलाभित्र सयौँ दुला छन्
जो खेतभन्दा नि ठुला ठुला छन्
रोपाइँ गर्दा जल टम्म लान्छ्न्
मत्ता मुसाले मलसम्म खान्छन्
।२।

बस्छन् बिराला मितझैँ बनेर
ढाडे–लगानी पनि जान्छ खेर
सिद्धान्त साँच्चै सुन एक अर्को
“चोर्ने मुसो भाषण गर्छ चर्को“
।३।

तत्काल पासो अब थाप्नुपर्छ
बाठा बिराला पनि जाक्नुपर्छ
छन् भ्यागुता बन्धक जो निकालौँ
सर्वोच्च ॐ कानुन–दीप बालौँ
।४।

पाऊन् मुसाबाट किसान छुट्टी
सम्पूर्ण औँला बन एक मुट्ठी
हुन्छन् मुसाका रङ रूप उस्तै
नेपालका शासकझैँ दुरुस्तै
।५।

छन्द : इन्द्रवज्रा
गण : त – त – ज – र
सङ्केत : SSI – SSi – ISI – SIS

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:३८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...