back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन ९ शनिवार

846 

shares

मुक्ति घिमिरे कश्यप,सिक्किम

होला र विद्याको सार सानो
त्यागे असल हो आचार सानो

लाग्दैन निद्रा मिल्दैन शान्ति
सोचेछु चिन्ता बेकार सानो

बित्ने छ हाम्रो हरक्षण मनोहर
सम्झे खुशीले घरबार सानो

छौँ थोर मान्छे ,धेरै छ माया
के हुन्छ बन्दा परिवार सानो

त्याग्यौ मलाई रोजेर अर्कै
बन्दै छ जीवनमा प्यार सानो

बहर : मुतकारिब मुसम्मन असलम सालिम
अर्कान : फैलुन् , फऊलुन् , फैलुन् , फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया : आर
रदिफ : सानो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ फागुन ९ शनिवार ०५:४७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...