back
CTIZAN AD

आज फागुन १२ गते मंगलवार: तपाईँको राशिफल कस्तो छ ?

वि.सं.२०८२ फागुन १२ मंगलवार

558 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजनामा स्वयं जुट्नुहाेला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि केही असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतकाे फल प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि कमजोरी महसुस हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अरूका नजरमा व्यस्तता बढे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय लागे पनि केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूकाे सहयाेगले आंशिक लाभ मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामकाे चाप बढ्ने समय छ। केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषिकर्म र व्यावसायिक काममा मनग्य लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

२०८२ फागुन १२ गते (२४ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण शुक्लपक्ष सप्तमी तिथि, ७ः३४ बजेपछि अष्टमी। कृत्तिका नक्षत्र, १५ः४७ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ फागुन १२ मंगलवार ०७:५५ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...