back
CTIZAN AD

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

वि.सं.२०८२ फागुन १२ मंगलवार

486 

shares

कर्णाली । आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताए ।

चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उनले बताए । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँदै गर्दा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासङ्घमा आउने गरेको बताए ।

यस्तो अवस्थामा पत्रकारहरूले थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उनले जनाए । आचार्यका अनुसार आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकाले जिम्मेवार र मर्यादित ढङ्गले रिपोर्टिङ गर्नुपर्दछ । त्यस्तै, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरे ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहित दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका समस्या, चुनौती र समाधानका लागि अपनाइएको विधिबारे छलफल गरिएको थियो । रासस

वि.सं.२०८२ फागुन १२ मंगलवार ११:४१ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...