back
CTIZAN AD

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

वि.सं.२०८२ फागुन १५ शुक्रवार

618 

shares

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता द मेडिसिटी अस्पताल बीच उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र पुनः हस्ताक्षर भएको छ। नयाँ सम्झौतासँगै सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अब मेदान्ताका भारतभरका थप ६ अस्पताल तथा ५ मेडिक्लिनिकबाट समेत १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।

यसअघि उक्त छुट सुविधा केवल मेदान्ता द मेडिसिटी, गुडगाउँमा मात्र लागू हुँदै आएको थियो। अब भने यो सुविधा मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल राँची तथा मेदान्ता अस्पताल राँचीमा समेत विस्तार गरिएको बैंकले जनाएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचारका लागि जाने ग्राहकहरूले सरल र सुलभ रूपमा सेवा लिँदै आएका छन्। सहकार्यको निरन्तरतासँगै ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका नयाँ सेवा र उपलब्धि

“बैंक अफ द इयर २०२४ र २०२५” को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

त्यसैगरी, नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि “फ्रिलान्सर सेभिङ्ज अकाउन्ट” समेत सञ्चालनमा ल्याइएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, क्रस बैंक टेलर सुविधा (अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने) जस्ता सेवाहरू समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

वि.सं.२०८२ फागुन १५ शुक्रवार १४:०० मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...