काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारीमा पहिलो भएको घोषण गरेपछि राष्ट्रिय स्वातन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्रन शाह (बालेन) ले समर्थन व्यक्त गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पहिलो भएको घोषणा गरे लगत्तै बालेनको उनको स्टाटमा गएर समर्थन गर्दै कमेन्ट गेरका हुन् ।
मेयर साम्पाङले आफ्नो फेसबुक स्टेटस लेख्दै भन्नुभएको छ, “लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!
राष्ट्रिय स्वातन्त्र पार्टीका बरिष्ठ नेता बालेने साम्पाङको पोस्टमा प्रतिक्रिया दिँदै लेखेका छन् , “तपाईँलाई सधैँ माया थियो, छ र रहिरहनेछ । तपाईँ र धरानलाई सधैँ माया छ ।
उनीहरु दुवै मेयर पदबाट चर्चामा आएका अहिलेका चर्चित नेताको रुपमा परिचित छन्। सन २०२२ मा बालेनले काठमाडौँको मेयर पद जितेका थिए भने हर्कले धरान उपमहानगरपालिकाबाट मेयर पद जितेका थिए । दुवै मेयर आफ्नो कामले चर्चामा आएका हुन् ।

वि.सं.२०८२ फागुन २४ आइतवार १६:०१ मा प्रकाशित






























