back
CTIZAN AD

मन्दिरमा एक महिनामा नौ लाख भेटी

वि.सं.२०७४ असार २ शुक्रवार

1.3K 

shares

२ असार, बागलुङ । बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा नौ लाख ३५ हजार ३ सय ३० रुपैयाँ भेटी सङ्कलन भएको छ ।

नगद, बोका, राँगो, कुखुराको मुढ, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी ९ लाख रकम उठेको हो जसमध्ये चारलाख ८१ हजार ९ सय २० रुपैयाँ सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बलि दिइएका १ सय ३१ बोकाको मुढ बिक्रीबाट ९३ हजार ५ सय ४० रुपैयाँ, कुखुराको मुढबाट ६ हजार १ सय २० रुपैयाँ, राँगोको मुढबाट ३ हजार ६ सय २० रुपैयाँ र परेवा बिक्रीबाट ३ लाख २९ हजार ४ सय रुपैयाँ आम्दानी भएको छ ।

यस्तै, भक्तजनले मन्दिरमा चढाएको चामल बिक्रीबाट रु १२ हजार ४००, तेलबाट २ हजार ३ सय रुपैयाँ र कपडा बिक्रीबाट २ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ ।

जेठ महिनाभरमा आर्थिक सहयोगबापत १ हजार ८ सय ३० रुपैयाँ जम्मा भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

बलिका मुढ, परेवा, चामल बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम भेटीमा जम्मा हुने गरेको छ । मन्दिरले वर्षमा एक करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन गर्दै आएको छ । समितिले जेठ महिना ३८ हजार २ सय ३१ रुपैयाँ मन्दिरमा खर्च भएको जनाएको छ ।

यसमा खाद्यान्नतर्फ २० हजार ९ सय २६ रुपैयाँ, सरसफाइमा ३ हजार ७ सय ७० रुपैयाँ, टीका, अबिरमा ३ हजार ५ सय ४० रुपैयाँ, दाना ३ हजार २ सय २५ रुपैयाँ, अतिथी सत्कारमा १ हजार ७ सय ६० रुपैयाँ तथा निर्माण सामग्री खरिदमा ५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । समितिले प्रत्येक महिना मन्दिरको आम्दानी÷खर्च सार्वजनिक गर्ने गरेको छ ।

वि.सं.२०७४ असार २ शुक्रवार ०७:०९ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...